+
+

झोलामा गरिने विज्ञापनमा पनि महानगरले लगायो कर

परिचय पाटीमा गरिने विज्ञापनमा पनि कर

अनलाइनखबर अनलाइनखबर
२०८० असार ११ गते १५:०२

११ असार, काठमाडौं । काठमाडौं महानगरपालिका भित्र झोलामा गरिने विज्ञापनमा अब कर लाग्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐन अनुसार झोलामा गरिने विज्ञापनमा वार्षिक १ सय रुपैयाँ प्रतिगोटाका दरले विज्ञापन कर लाग्ने भएको छ । व्यवसाय दर्तासँगै वडामा बुझाउने प्रावधान महानगरपालिकाले ल्याएको छ ।

यसका साथै सार्वजनिक स्थानबाट नदेखिने मल, चलचित्र भवन लगायत व्यावसायिक भवन भित्र विज्ञापन प्रचार प्रसारका लागि राखिएको विज्ञापन सामग्रीमा प्रतिवर्गफुट ५ सय रुपैयाँका दरले विज्ञापन कर लाग्ने भएको छ ।

धातु वा सिमेन्टबाट बनेको अक्षरबाट लेखिएको परिचय पाटीमा समेत अब वार्षिक १ हजार रुपैयाँका दरले विज्ञापन कर लाग्ने भएको छ ।

परिचय पाटीबाहेकका विज्ञापन सामग्री राख्न महानगरपालिकाले तोकेको स्थानमा मात्र स्वीकृति दिइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?