+
+

आहुतिको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी विभाजन

अनलाइनखबर अनलाइनखबर
२०८० असार १२ गते १३:२२

१२ असार, काठमाडौं । विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी विभाजन भएको छ ।

आहुतिसहित पाँच जना रहेको पार्टीको केन्द्रीय कार्यालयका सदस्य आशिष लिम्बुको नेतृत्वमा केन्द्रीय समितिका २३ जनाले उक्त पार्टी छाडेर वैज्ञानिक समाजवादी मोर्चाको घोषणा गरेका हुन् ।

पार्टीको पहिलो राष्ट्रिय भेलाद्वारा पारित दस्तावेज नै द्वैद र भ्रमपूर्ण रहेको आरोप लगाउँदै उनीहरूले सोमबार वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबाट अगल भएर वैज्ञानिक समाजवादी मोर्चाको घोषणा गरेका हुन् ।

‘त्यो दस्तावेजलाई क्रान्तिकारी बनाइनु पर्दछ भनी पटकपटक बैठकहरूमा राख्दा उल्टै प्रतिक्रान्तिकारी कित्तामा लैजाने योजनाहरू मात्र भएका कारण हामी क्रान्तिकारी कमरेडहरूले आजको मितिदेखि वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालसँगको सम्बन्ध विच्छेद गरेको घोषणा गर्दछौँ,’ संयोजक आशिष लिम्बु र प्रवक्ता डि.बि. सर्वश्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विच्छेद गर्नुका कारणहरू बारे उक्त विज्ञप्तिमा विभिन्न आरोप लगाएका छन् ।

राजनैतिक, वैचारिक र सैद्धान्तिक मतभेद बढ्दै जानु, जनयुद्धको भावना विपरित जानु र अपमान गर्नु, संघीयताप्रतिको दृष्टिकोण बदल्दै जानु र प्रदेशहरू खारेज गर्दै जानुले आफू पार्टीबाट बाहिरिएको उनीहरुको तर्क छ ।

यस्तै, मार्क्सवादको प्रयोग गर्न नमान्नु, पार्टीको तीन जादुगरी हतियार पार्टी, सेना र जनसत्ताको निर्माण गर्न नमान्नु, साम्राज्यवादीलाई हेर्ने दृष्टिकोण कमजोर हुनु र आजभन्दा एक वर्ष पहिलेको दृष्टिकोण फेर्न नमान्नु र पार्टीलाई गुटगत रूपमा सञ्चालन गरेको आरोप उनीहरूले लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?