+
+

चलचित्र विकास बोर्डले जनकपुरमा मेकअप कार्यशाला सञ्चालन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १६ गते १४:२२

काठमाडौं । चलचित्र विकास बोर्डले मधेश प्रदेशको राजधानी जनकपुरमा पाँचदिने मेकअपसम्बन्धी कार्यशाला सञ्चालन गर्ने भएको छ । आइतबार विज्ञप्ति जारी गर्दै बोर्डले वैशाख २१ देखि २५ गतेसम्म कार्यशाला हुने जनाएको हो ।

बोर्डको इतिहासमा पहिलोपटक मेकअप कार्यशाला हुन लागेको हो । आर्थिक वर्ष २०८०-८१ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार फिल्मकर्मीको दक्षता अभिवृद्धिका लागि कार्यशाला आयोजना गर्न लागेको जनाइएको छ ।

कार्यशालामा पाका मेकअप आर्टिस्ट सन्तु तामाङले सौन्दर्य कला शैलीबारे सिकाउनेछन् । कार्यशाला संयोजक तथा बोर्ड सदस्य राजु केसीका अनुसार सौन्दर्य कलाको तालिम लिएका र स्थानीय कलाकारसँग काम गरेका २० जनाले कार्यशालामा सहभागिता जनाउनेछन् ।

‘जहिले पनि मधेश प्रदेशलाई पछाडि राखिएको थियो । यसपटक भने हामीले प्राथमिकतामा राखेर कार्यशाला गर्न लागेका छौं । प्राविधिकको सीप अभिवृद्धि गर्नु हाम्रो उद्देश्य हो,’ संयोजक केसीले अनलाइनखबरसँग भने ।

बोर्डले यसअघि सुर्खेतमा अभिनय र सम्पादन कार्यशाला, दाङमा बाल चलचित्र महोत्सव, अर्घाखाँचीमा बाल फिल्म वर्कसप, बोर्डको प्रेक्षालयमा अभिनय कार्यशाला, इटहरीमा बाल चलचित्र साक्षरता कार्यक्रम सञ्चालन गरिसकेको छ ।

अध्यक्ष भुवन केसीले फिल्मको प्राविधिक पक्षको सुधारमा पनि यस्ता कार्यशालाले योगदान दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?