+
+

संसारकै लामो रेलमार्ग, रेलमा चढेको ७ दिनपछि मात्रै ओर्लिन पाइन्छ

एजेन्सी एजेन्सी
२०८० असार १३ गते १२:५५

विकसित देशहरुमा जब जमिन मार्गबाट लामो दूरीको यात्रा गर्ने कुरा आउँछ तब रेलयात्रा सबैको रोजाइमा पर्दछ ।

रेलको यात्रा हवाई यात्राभन्दा सस्तो हुनुका साथै अन्य गाडीभन्दा सुविधाजनक हुन्छ  र जीउले आराम पनि पाउँछ । तर जे कुराको पनि हद हुन्छ । यदि रेलको यात्रा पनि निकै लामो भयो भने त्यसले आराम तथा रमाइलोको साटो दिक्क लगाउँछ होला ।

यदि तपाईंलाई ७ दिनसम्म लगातार रेलको यात्रा गर्नुपर्‍यो भने कस्तो अनुभव होला ?

कुनै गन्तव्यमा पुग्नका लागि ७ दिनसम्म लगातार रेलको यात्रा गर्नुपर्ने कुरा पत्यार नलाग्न सक्दछ । तर यो सत्य हो । ट्रान्स साइबेरियन रेलवे रुट संसारको सबैभन्दा लामो रेल रुट हो ।

यो रेलमार्गले रुसको राजधानी मस्कोलाई देशको पूर्वी भागमा अवस्थित भ्लादिभोस्तोकसँग जोड्दछ । यो रेल मार्गको लम्बाइ ९ हजार २५९ किलोमिटर छ ।

यो रेलमार्गको यात्रा पूरा गर्नका लागि पूरै ७ दिन लाग्दछ । अर्थात् रुसबाट रेल चढेको ७ दिनपछि मात्रै भ्लादिभोस्तोक पुगिन्छ । यसक्रममा यात्रुहरु ७ वटा फरक फरक टाइम जोनबाट गुजि्रनु पर्दछ ।

यो रेलमार्गको पूरै भाग निकै चिसो र ठाउँठाउँमा हिउँले ढाकिएको निकै रोमाञ्चक छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?