+
+

प्रधानमन्त्री कार्यालयमा सचिवहरु झोक्राएर बस्नुपर्दैन : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० असार १३ गते १३:२४

१३ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको काम चुस्त हुन नसकेकामा आफू जानकार रहेको र यसलाई छिट्टै सुधार गर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभामा सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री कार्यालयमा सरुवा हुँदा सचिवहरुले कारबाहीमा परेको जस्तो महसुस गर्ने गरेको बताएका थिए र यसमा कहिले सुधार हुने भनी प्रधानमन्त्रीलाई सोधेका थिए ।

‘प्रधानमन्त्री कार्यालयमा जो सचिवहरु सरुवा हुन्छन्, उनीहरु झोक्राएर बस्छन् । किनकी प्रधानमन्त्रीले आफ्नै आसेपासे र सचिवालयबाट प्रधानमन्त्री कार्यालय चलाउनुहुन्छ’ सांसद सिंहले सोधे, ‘सचिवले त झन् गर्व गर्नुपर्ने म प्रधानमन्त्री कार्यालयमा छु, देशको प्राइम सत्ताको ठाउँमा छु भनेर, तर त्यस्तो हुन सकेको छैन । यसको कारण के हो ?’

जवाफमा प्रधानमन्त्री प्रचण्डले यस विषयमा आफ्नो ध्यान गएको बताए । ‘प्रधानमन्त्री कार्यालयमा सचिवहरु उत्साहित हुनुपर्ने ठाउँमा झोक्राएर बस्नुपर्ने स्थिति छ भन्ने कुरामा प्रधानमन्त्रीका रुपमा मेरो ध्यान गएको छ’, उनले भने, ‘कसरी सुदृढिकरण गर्ने भन्ने विषयमा छलफल भएको छ । सम्भवतः केही समयभित्रै यो संरचनालाई बदलिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?