+
+

रेसुङ्‍गामा मन्त्रिपरिषद् बैठक राख्न पहल गर्ने प्रधानमन्त्रीको आश्वासन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २० गते १८:५०

२० वैशाख, काठमाडौं । गुल्मीको चर्चित धार्मिक स्थल रेसुङ्‍गामा मन्त्रिपरिषद् बैठक राख्न पहल गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आश्वासन दिएका छन् ।

बिहीबार ‘जाउँ हिड रेसुङ्‍गा’ अभियानको काठमाडौंमा सुरुवात गर्दै प्रधानमन्त्रीले यस्तो आश्वासन दिएका हुन् ।

रेसुङ्‍गा नगरपालिकाले काठमाडौंसहित मुख्य सहरमा पुगेर रेसुङ्‍गा क्षेत्रको भ्रमणका लागि आह्वान सुरु गरेको छ ।

सोही क्रममा आयोजकले प्रधानमन्त्रीको हैसियतमा प्रचण्डलाई गुल्मी आउन र सम्भव भए मन्त्रिपरिषद्‍ बैठक समेत प्राकृतिक, धार्मिक तथा सांस्कृतिक महत्त्वको यस क्षेत्रमा राख्न आह्वान गरेका थिए ।

सो प्रस्तावमा आफू सकारात्मक रहेको र छिट्टै गुल्मी आउने आश्वासन समेत प्रधानमन्त्री प्रचण्डले दिए ।

‘प्रधानमन्त्रीको हैसियतमा छिट्टै गुल्मी आउँदैछु, रेसुङ्‍गामा क्याबिनेट बैठक राख्ने प्रस्तावमा समेत मेरो प्रयास हुनेछ,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले रेसुङ्‍गा शान्त र शीतल ऐतिहासिक, धार्मिक र धार्मिक सम्पदा भएको उल्लेख गरे । एकसाथ मनोरम भूमिसँगै धाम र तीर्थस्थल समेत भ्रमण गर्न सकिने समेत उनले बताए । यो सम्पदाको खोजी गरी मौलिक संस्कृति संरक्षणमा यस किसिमका कार्यक्रमले ठूलो योगदान गर्ने उनले बताए ।

पर्यटनमा तीनै तहका सरकारको भूमिका थप प्रभावकारी बनाइने भन्दै उनले रेसुङ्‍गा क्षेत्रको समग्र विकासमा संघीय सरकारबाट आवश्यक सहयोग प्राप्त हुने समेत आश्वासन दिए । आगलागीले गुल्मीमा ठूलो क्षति पुगेकोमा उनले गहिरो चिन्ता तथा सहयोगको प्रतिवद्धता समेत जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?