+
+

वित्तीय शोषण चरम अवस्थामा पुग्यो : धर्मेन्द्र वास्तोला

अनलाइनखबर अनलाइनखबर
२०८० असार १४ गते ११:१७

१४असार, सुर्खेत । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले देशमा वित्तीय शोषण चरम अवस्थामा पुगेको बताएका छन् ।

आफनो पार्टीले लघुुवित्त संस्थाहरु बन्द गर्ने अभियानलाई निरन्तरता दिने र मिटरव्याजीलाई जनकारबाही गर्ने चेतावनीसमेत दिए ।

‘मिटरव्याजीलाई हामी जनकारबाही गर्छौं । त्यस्ता दलालहरु जहाँ भेटिन्छन्, त्यही कारबाही गछौं,’ बिहीबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘पुँजीपतिहरू मात्रै देशमा फस्टाइरहेका छन् । नेपालको सम्पत्ति शोषण गरेर विदेशमा जम्मा गर्ने प्रवृद्धि मौलाएको छ ।’

उनले देशमा ठूलो संकट आएको र यसको कारक दलाल पुँजीवादी सत्ता भएको बताए । संसदीय व्यवस्थाले देशलाई भ्रष्टाचारमा डुबाएको उनको आरोप छ ।

दलाल पुँजीवादी संसदीय व्यवस्थाको नीति नै शोषण गर्ने भएको र यो व्यवस्थालाई बदल्नका लागिक्रान्तिकारी कम्युनिस्ट पार्टीहरूबीच एकता भइरहेको प्रवक्ता बास्तोलाको भनाइ थियो ।

२०४६ यता संसदीय व्यवस्था स्थापना भएपछि उद्योग कलकारखाना बन्द भएको र विभिन्न भ्रष्टाचारका काण्डहरू फस्टाएको उनको आरोप छ ।

‘संसदीय व्यवस्थामा राज्य संचालकहरु अपराधीकरणमा सामेल हुन्छन्, मिलेमत्तोमा ठुलठुला भ्रष्ट्राचार गर्छन्,’ उनले भने, ‘त्यस्कै एउटा उदहारण हो, भुटानी शरनार्थी प्रकरण । यस्ता उदाहरण धेरै छन् ।’

उनले ललिता निवास प्रकरणमा एमालेका केही ठूला नेता जोडिएको र तिनलाई पक्राउ नगर्ने निश्चित नभएसम्म संसद अवरोध गर्ने खेल चलिरहेको आरोप समेत लगाए ।

‘ललिता निवास प्रकरणमा एमालेका केही ठूला नेताहरु जोडिएका छन् । ती नेताहरुलाई पक्राउ नगर्ने निश्चित नभएसम्म एमालेले संसद अवरोध गरिरहन्छ,’ उनले भने ।

उनले अहिलेको संसदीय व्यवस्था नयाँ बोतलमा पुरानै रक्सी हाले जस्तो बताए । देशमा गणतन्त्रको नाममा दलाल पुँजीपति गणतन्त्र आएको तर जनगणतन्त्र आउन नसकेको उनको ठहर छ ।

फरक प्रसंगमा प्रवक्ता बास्तोलाले आउँदो ८३ सालभित्र कर्णाली प्रदेशलाई शिक्षा र स्वास्थ्यमा निजीकरणमुक्त प्रदेश घोषणा गर्न प्रदेश सरकारसँग माग गर्ने बताए ।

‘सरकारी कर्मचारी, जनप्रतिनिधि र राजनीतिकर्मीहरुको लगानी भएका निजी विद्यालयहरू बन्द गर्न चरणबद्ध आन्दोलनका कार्यक्रमहरू गर्छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?