+
+

मिस नेपालहरुको विदेश यात्रा : प्रसिद्धि मुम्बईतिर, पाइलट तालिमका लागि रेना मलेसियामा

अनलाइनखबर अनलाइनखबर
२०८० असार १५ गते १३:५०

काठमाडौं । मिस नेपाल इन्टरनेसनल प्रसिद्धि शाह र मिस नेपाल अर्थ रेना मजगैयाँ विदेश प्रस्थान गरेका छन् । आगामी कात्तिक ९ गते जापानको टोकियोमा आयोजना हुने मिस इन्टरनेसनलको  फिनालेको तयारीका लागि प्रसिद्धि आमा तथा प्रथम मिस नेपाल रुबी राणासँगै शुक्रबार मुम्बई उडेकी हुन् ।

तीन साता मुम्बईमा रहेर प्रसिद्धीले पेजेन्टलाई चाहिने ग्रुमिङ, वाकिङ, मेकअप, स्टाइलिङ लगायतका कला सिक्ने मिस नेपाल आयोजक द हिडन ट्रेजरले जनाएको छ । टोकियो फिनालेमा प्रसिद्धिले नेपाली कला संस्कृति र वातावरणीय एजेण्डा प्रस्तुत गर्ने तयारी गरेकी छन् ।

‘मिस इन्टरनेसनलको लागि आवश्यक ट्रेनिङ नेपालमा नहुने भएपछि प्रसिद्धि मुम्बई गएकी हुन्,’ हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले भने । मिस नेपाल अर्थ रेना मजगैयाँ पनि पाइलट तालिम सिक्न मलेसियाको क्वालालाम्पुरमा छिन् । उनी त्यहाँ एक साता रहेर उडान तालिम सिक्ने द हिडन ट्रेजरले जनाएको छ । ताज जितेपछि यी सुन्दरीहरु पहिलोपटक विदेश भ्रमणमा निस्किएका हुन् ।

यसैबीच, यस वर्षको विश्व सुन्दरी प्रतियोगिताको लागि मिस नेपाल २०२२ प्रियंकारानी जोशीले आवश्यक तयारी गरिरहेको पनि द हिडन ट्रेजरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?