+
+

तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री अशोक अस्ट्रेलिया जाने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १५ गते १७:३४

१५ असार, काठमाडौं । अशोक खड्काले अस्ट्रेलियाको ब्रिसबेनमा आयोजना हुने तीन प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् ।

वर्ल्ड तेक्वान्दोको आयोजना र अस्ट्रेलिया तेक्वान्दोको संयोजनमा वर्ल्ड र्‍याङकिङ जी टु इभेन्टका तीन प्रतियोगिता डब्लुटी प्रेसिडेन्ट कप ओसियाना, अस्ट्रेलिया ओपन र ओसियाना तेक्वान्दो ओपनमा नेपालका अन्तर्राष्ट्रिय रेफ्री अशोकले पुम्से विधातर्फ रेफ्रीको भूमिकामा खेल सञ्चालन गर्ने छन् ।

ती प्रतियोगिता जुलाई ६ देखि ९ तारिखसमम हुनेछ । अशोकका अनुसार ती प्रतियोगितामा नेपालका कमल श्रेष्ठ र मनोज श्रेष्ठले पुम्सेमा प्रतिस्पर्धा गर्ने छन् ।

क्यारोगी, पुम्से र पारा तीन वटै विधाका नेपालका एक मात्र अन्तर्राष्ट्रिय रेफ्री अशोक आइतबार अस्ट्रेलिया जाने छन् ।

अशोक इन्टरनेसनल पुम्से/डान एक्जामिनर कोर्समा सहभागी हुन अस्ट्रेलियाबाटै दक्षिण कोरिया जाने छन् ।

विश्व तेक्वान्दोको सर्वोच्च संस्था कुकिवोन, कोरियाको आयोजनामा सो कोर्स जुलाई १२ देखि १४ तारिखसम्म हुँदैछ ।

सो कोर्स सकिएपछि दक्षिण कोरियामा नै हुने सियोगनाम ओपनमा पनि अशोकले रेफ्रीको भूमिका निर्वाह गर्ने छन् । खेलाडी र प्रशिक्षकको रुपमा पनि उत्तिकै सक्रिय अशोकले विश्वका विभिन्न स्थानमा भएका ३५ भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक बनिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?