+
+

विश्वकप क्रिकेट छनोटमा नेदरल्याण्ड्सलाई हराउँदै श्रीलंकाको शीर्ष स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०८० असार १५ गते २०:५६

१५ असार, काठमाडौं । विश्वकप छनोट क्रिकेटको सुपर सिक्समा नेदरल्याण्ड्समाथि २१ रनको जित निकाल्दै श्रीलंका शीर्ष स्थानमा उक्लिएको छ ।

जिम्बाव्वेको बुलवायोमा जितका लागि २१४ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्याण्ड्सलाई श्रीलंकाली बलरले ४० ओभरमा १९२ रनमा अल आउट गरे ।

नेदरल्याण्ड्सका कप्तान स्कट इडवार्डसले नट आउट ६७ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । वेस्ली बरेसीले ५२ तथा बास डी लिड्सले ४१ रन बनाए पनि अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

श्रीलंकाका महेश थीक्सेनाले ३ तथा वानिन्दु हसरंगाले २ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको श्रीलंकाको सुरुवात राम्रो हुन सकेको थिएन ।

९६ रनमा ६ विकेट गुमाएको श्रीलंकालाई थीक्सेना र धनञ्जय डी सिल्भाले आठौं विकेटका लागि ७७ रनको साझेदारी गर्दै टिमलाई उकासेका थिए ।

छैटौं नम्बरमा ब्याटिङमा आएका डी सिल्भाको ९३ रनको मद्दतमा श्रीलंकाले ४७.४ ओभरमा अल आउट हुनुअघि २१३ रन बनाएको थियो ।

१३१ रनमा ७ विकेट गुमाएर टिम दबाबमा परेको बेला ब्याटिङमा आएका थीक्सेनाले २८ रन बनाए ।

नेदरल्याण्ड्सका लोगान भान विक र बास डी लिड्सले समान ३ विकेट लिए ।

यो जितपछि सुपर सिक्समा ३ खेलबाट श्रीलंकाको ६ अंक भएको छ । जिम्बाव्वेको समान खेलबाट समान ६ अंक भए पनि रन रेटका अधारमा दोस्रो स्थानमा छ । नेदरल्याण्ड्सको भने ३ खेलबाट २ अंक मात्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?