+
+

अर्घाखाँचीको छत्रदेवमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ एक्सटेन्सन काउन्टर

अनलाइनखबर अनलाइनखबर
२०८० असार १८ गते १६:४५

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आइतबारदेखि अर्घाखाँचीको छत्रदेव गाउँपालिका–२ स्थित बल्कोटमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । योसँगै लुम्बिनी प्रदेशमा एक्सटेन्सन काउन्टरको संख्या ४ पुगेको बैंकले जनाएको छ ।

एक्सटेन्सन काउन्टरको उद्घाटन छत्रदेव गाउँपालिकाका अध्क्षय चन्द्रमान श्रेष्ठ र बैंकका अर्घाखाँची शाखा प्रमुख लक्ष्मण क्षेत्रीले संयुक्त रुपमा गरेका थिए ।

बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा आएसँगै आर्थिक कारोबार गर्न यस क्षेत्रका बासिन्दालाई सहज हुने अध्यक्ष श्रेष्ठले बताए ।

बैंकका अर्घाखाँची शाखा प्रमुख क्षेत्रीले सेवाग्राहीहरुलाई एक्सटेन्सन काउन्टर मार्फत बैंकले प्रभावकारी सेवा दिने विश्वास व्यक्त गरे ।

२९६ शाखा कार्यलय र ६२ वटा एक्सटेन्सन काउन्टर मार्फत सेवाग्राहीलाई सुविधा दिँदै आएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?