+
+

‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १० गते १७:२३

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एनसीएचएलसँगको सहकार्यमा मोवाइल बैंकिङ प्रयोगकर्ताका लागि ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ ।

यो अफर अन्तर्गत हरेक तीन जना भाग्यशाली मोबाइल बैकिङ प्रयोगकर्ताले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एनआईएमबी स्मार्ट एपबाट कनेक्ट आईपीएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्दा १/१ थान स्मार्टफोन जित्न सक्नेछन् ।

यो अफर १० मंसिरदेखि ९ पुससम्म लागु हुनेछ । एनआईएमबी स्मार्ट एपमा उपलब्ध कनेक्ट आईपीएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्ने तीन जना प्रयोगकर्तालाई अफरको अन्त्यमा विजेता घोषणा गरिने जनाइएको छ ।

विजेता घोषणाबारेको जानकारी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आधिकारीक सामाजिक सञ्जालमा प्रकाशन गरिने छ ।

फण्ड ट्रान्सफर गर्नका निम्ति आफ्नो एनआईएमबी स्मार्ट एपमा लग–इन गरी, फन्ड ट्रान्सफरमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आईपीएस लाई छनोट गर्नुपर्ने हुन्छ ।

मोबाइल बैंकिङबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आईपीएस एक न्यूनतम शुल्क लाग्ने सजिलो माध्यम भएको बैंकको भनाइ छ । भुक्तानी तथा ट्रान्सफरका निम्ति मोबाइल बैकिङको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रर्वद्धन गर्ने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?