+
+

पाल्पाको रिब्दीकोटमा २ भन्दा बढी सन्तान जन्माउनेलाई ५ हजार पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८० असार १९ गते १७:१०

१९ असार, बुटवल । पाल्पाको रिब्दीकोट गाउँपालिका वडानम्बर-१ ले दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिने भएको छ ।

वडामा जनसंख्या बढाउनका लागि यस्तो निर्णय गरिएकोहो । गाउँमा खेतबारी बाँझो भएको, विद्यालयमा विद्यार्थी नभएर एकआपसमा समायोजना हुनुपर्ने अवस्था आएको भन्दै वडाले यस्तेा व्यवस्था गरेको जनाएको छ ।

यो कार्यक्रम आउँदो साउन १ गतेदेखि लागू हुने छ । यो वर्षका लागि ६० हजार रुपैयाँ बजेट छुट्याएकाले १२ जनाले अहिले पुरस्कार प्राप्त गर्ने भन्दै वडा कार्यालयले आउँदो वर्ष कार्यक्रमलाई थप बजेट छुट्याउने जनाएको छ ।

दुईभन्दा बढी सन्तान जन्माएर वडामा जन्मदर्ता गर्न आउनेलाई पुरस्कार स्वरूप पाँच हजार रुपैयाँ दिने वडाध्यक्ष चिरञ्जीवि पोखरेलले जानकारी दिए ।

जनसंख्या बढी भएको देशमामात्रै विकास भएको भन्दै जनसंख्या कम भएकाले पनि गाउँका खेतबारी बाँझै भएको उनको दाबी छ ।

वडा अध्यक्ष पोख्रेलका अनुसार वडामा जनसंख्या पनि कम रहेको र दक्ष जनशक्तिको पनि अभाव देखिएकाले वडाका जनतालाई सन्तान उत्पादनमा जोड दिने गरी यो कार्यक्रमको घोषणा गरिएको हो ।

वडाको घट्दो जनसंख्याको अवस्थाले थप चिन्ता बढाएका कारण दीर्घकालीन योजनाका साथ वडाले यो घोषणा गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?