+
+

ललितपुर महानगर र मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध

अनलाइनखबर अनलाइनखबर
२०८० असार २० गते १८:३८

२० असार, काठमाडौं । ललितपुर महानगरपालिका र गुल्मीको मालिका गाउँपालिका बीच भगिनी सम्बन्ध कायम भएको छ ।

भगिनी सम्बन्ध कायम गर्ने विषयको समझदारी पत्रमा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन र मालिका गाउँपलिका अध्यक्ष देवीराम अर्यालले हस्ताक्षर गरे ।

ललितपुर महानगरका प्रमुख महर्जनले भगिनी सम्बन्ध गाँस्नु भनेको दुःखसुख आदानप्रदान गर्नु भएको बताए । उनले भने, ‘हामी मित हौंं, दुःखसुख साट्छौं, सहयोग गर्छौ ।’

उनले मितेरी सम्बन्धमा रहेका दुई पालिकामा भएका असल अभ्यास आदानप्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले भगिनी सम्बन्धमा गाँसिएको मालिका गाउँपालिकालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘ललितपुरको एउटा फल्चा त्यहाँ बनाउँला ।’

मालिका गाउँपालिकाका अध्यक्ष अर्यालले कला, संस्कृति र सम्पदाको शहरसँग दूरदराजको गाउँपालिकाले भगिनी सम्बन्ध गाँस्न पाउँदा लाभान्वित हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘ललितपुर महानगर हाम्रो लागि खुल्ला विश्वविद्यालय हुनेछ, हामी असल अभ्यास सिक्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?