+
+

५१ करोड रुपैयाँमा बिक्यो राष्ट्रपतिले दुलहीलाई लेखेको चिठी

अनलाइनखबर अनलाइनखबर
२०८० असार २१ गते १४:१५

काठमाडौं । एकजना किशोरी बेहुलीका लागि लेखिएको एक रोमान्टिक पत्र आधा अर्ब रुपैयाँभन्दा धेरै मूल्यमा बिक्री भएको छ ।

दुलहीलाई लेखेको पुरानो पत्रको मूल्य ५१ करोड रुपैयाँ भन्दा धेरै कसरी पर्नसक्छ ? भनेर सायद गम खाइरहनुभएको छ होला । एउटा चिठीको आधा अर्ब रुपैयाँ भन्दा धेरै पर्ने कुरा वास्तवमै पत्याउनै गाह्रो पर्ने कुरा हो । तर दुलहीलाई लेखिएको त्यो चिठी यति धेरै महत्वपूर्ण र दुर्लभ छ कि त्यसको करोडौँ मूल्य पर्नु स्वभाविकझैं लाग्दछ ।

अमेरिकाका संस्थापक मध्येका एक तथा अमेरिकाका दोस्रो राष्ट्रपति जोन एडम्सले सन् १८२४ को डिसेम्बर १४ मा लेखेको पत्र हो त्यो । उनले आफ्नो पारिवारिक सम्बन्ध भएका एक मित्रकी छोरीको बिहेमा सहभागी भएको अवसरमा ती किशोरी बेहुलीका लागि शुभकामना र सम्झनाका लागि लेखेका थिए त्यो पत्र ।

उक्त पत्रलाई सो परिवारले पछिल्लो दुई सय वर्षदेखि कतै सार्वजनिक नगरी सुरक्षित रुपमा राखेको थियो ।

सो पत्र जोन एडम्सले छिमेकी किशोरी तथा बेहुली एलेन मारिया ब्रेकेटलाई लेखेका थिए । मारिया र उनका पतिको वैवाहिक सम्बन्ध गाँसिएकोमा आफू खुसी भएको पत्रमा उल्लेख गरेका छन् । जोन एडम्स बेहुलीका छिमेकी रहे पनि बिहेको दिनमा भने आफ्ना मित्र जर्ज पिटर र एकजना रोबिन्सन नामकी महिलासँगै बेहुलाको तर्फबाट विवाहमा उपस्थित भएका थिए ।

आफूले नयाँ जोडीलाई जीवन, प्रेम र सम्मान दिने पनि उनले पत्रमा उल्लेख गरेका छन् । साथै उनले आफूलाई बेहुलीको सच्चा मित्र भन्दै पत्रमा हस्ताक्षर गरेका छन् ।

जोन एडम्सले सो पत्र आफ्नो अन्तिम दिनहरुमा पिस फिल्डस्थित आफ्नै घरमा लेखेका थिए । बेहुली मारिया ब्रेकेन एक स्थानीय परिवारकी छोरी थिइन् र थोमस रबिन्सन नामका युवकसँग बिहे हुने बेलामा उनको उमेर १९ वर्षको थियो । जोन एडम्सले पत्रमा उल्लेख गरेअनुसार मिस रोबिन्सन नामकी महिला बेहुलाकी दिदी थिइन् ।

राष्ट्रपतिले दिएको सो पत्रलाई उक्त छालाले बाँधिएको गिफ्ट एल्बमा राखिएको थियो, जसको नाम थोमस एण्ड एलेन थियो ।

अमेरिकाको र्‍याब कलेक्सन हाउसले सो दुर्लभ ऐतिहासिक पत्र हालै लिलाम गरेको हो । आधा अर्ब रुपैयाँभन्दा धेरै मूल्यमा सो पत्र कसले किन्यो भन्ने खुलाइएको छैन, अर्थात् खरीदकर्ताको नाम गोप्य राखिएको छ ।

को हुन् जोन एडम्स ?

जोन एडम्स संयुक्त राज्य अमेरिकाका संस्थापक मध्येका एक हुन् । राष्ट्रपति बन्नुअघि उनी अमेरिकाका पहिलो राष्ट्रपति जर्ज वासिंटनको कार्यकालमा २ पटक उपराष्ट्रपति बनेका थिए ।

जोन एडम्सको मृत्यु ९० वर्षको उमेरमा सन् १८२६ को जुलाई ४ मा भएको थियो । सोही दिन उनका राजनीतिक मित्र तथा शत्रु समेत रहेका थोमस जेफरसनको पनि मृत्यु भएको थियो ।

जोन एडम्स सन् १७९७ देखि १८०१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए । एडम्सले अमेरिकी स्वतन्त्रता संग्राममा महत्पूूर्ण भूमिका निर्वाह गरेका थिए । उनी अमेरिकी संविधानका सर्जक मध्येका एक मानिन्छन् ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?