+
+

काठमाडौं महानगरको नगरसभा स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० असार २१ गते १५:०५

२१ असार, काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पास गर्न बोलाइएको काठमाडौं महानगरपालिकाको नगरसभा स्थगित भएको छ ।१० असारमा उपमेयर सुनिता डंगोलले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट पेश गरेकी थिइन् ।

नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बजेटमा छलफल नै नभएको र मेयर बालेन्द्र शाह र उपमेयर सुनिटा डंगोलको एकलौटी भएको भन्दै बजेट पास गर्न बोलाएको नगर सभा अवरुद्ध बनेको हो ।

‘नीति तथा कार्यक्रम र बजेट पेश गर्ने छलफल नगर्ने अनि सिधै पास गरौं त भन्न मिलेन नि ! त्यही भएर हामीले विरोध गरेका हौं,’ नेपाली कांग्रेसबाट निर्वाचित भएका एक वडाध्यक्षले भने,‘ बजेट पास गर्नको लागि सबै विषयमा छलफल हुनुपर्छ । नेतृत्वले मनलाग्दी गर्न पाउँदैन ।’

सभाका सदस्य सचिव रहेका महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विशेष कारणले २६ गतेसम्मको लागि नगरसभा स्थगित भएको सूचना प्रकाशित गरेका छन् ।

वडाको योजना छनोटका लागि समय चाहिएकाले नगरसभा बैठक स्थगित गरिएको सहायक प्रवक्ता दीपक अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?