+
+

लियोनार्दो डिक्याप्रियो स्टारर ‘किलर्स अफ द फ्लावर मुन’को दोस्रो ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते ११:५१

काठमाडौं । हलिउड स्टुडियो प्यारामाउन्ट र एप्पलले मार्टिन स्कोरसेस निर्देशित प्रतीक्षित फिल्म ‘किलर्स अफ द फ्लावर मुन’ को दोस्रो ट्रेलर सार्वजनिक गरेका छन्, जुन निकै कलात्मक र मर्मस्पर्शी लाग्छ । ट्रेलरमा शीर्ष कलाकारहरु लियोनार्दो डिक्याप्रियो, रोबर्ट डी नीरो र लिली ग्लाडस्टोन फिचर्ड छन् ।

ट्रेलरसँगै फिल्मको प्रदर्शन मिति पनि घोषणा भएको छ । अब यो फिल्म कात्तिक ३ (अक्टोबर २०) मा रिलिज हुनेछ ।

सन् २०१९ मा रिलिज भएको ‘द आइरिसम्यान’पछि स्कोरसिसको पहिलो कथानक फिल्म हो । एप्पल ओरिजिनलले उक्त मितिमा यो फिल्मलाई विश्वव्यापी हलमा रिलिज गर्नेछ भने त्यसपछि एप्पल प्लसमा स्ट्रिमिङ गर्नेछ । ‘किलर्स अफ द फ्लावर मुन’ डेभिड ग्रानको सोही नामको गैरआख्यान उपन्यासमा आधारित छ, जसले ओक्लाहोमाका ओसेज मानिसलाई सन् १९९० को दशकभरि दर्जनौं दर्दनाक हत्याको अनुसन्धानबारेको कथा पेश गर्छ ।

स्कोरसेसको फिल्म र ग्रानको पुस्तकले एनरेस्ट बुर्खार्ट (डिक्याप्रियो) र मोली काइल (ग्लेडस्टोन) को रोमान्स र एक अमेरिकी भूगोलमा रहेको अपार सम्पत्तिबारे दर्शाउँछ ।

वेस्टर्न जनरामा निर्माण भएको यो फिल्मले अथाह तेल र खनिजको खानी रहेको ओसेजमा सम्पत्तिको लोभमा अमेरिकी धनाढ्यले उक्त क्षेत्रका मूलबासीलाई गरेको हत्या, जबर्जस्ती र चोरीको वास्तविक कथावस्तु पेश गर्छ । यो फिल्मलाई यस वर्षको कान्स फिल्म फेस्टिभलमा विश्व प्रिमियर गरिएको थियो । प्रिमियरपछि फिल्मबारे टिप्पणी गर्दै भेराइटी म्यागजिनका समीक्षक पिटर डेब्रुगेले सत्य अपराध गाथा जसलाई सही चित्रण गरिएको भन्दै प्रशंसा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?