+
+

घरमै पुगेर स्रष्टालाई ‘विशिष्ट साधन सम्मान-२०८०’ प्रदान

अनलाइनखबर अनलाइनखबर
२०८० असार २४ गते १३:०१

काठमाडौं । राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले आफ्नो क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टालाई घरमै पुगेर विशिष्ट साधक सम्मान-२०८० प्रदान गरेको छ । तीन दशकभन्दा बढी समयदेखि सांगीतिक क्षेत्रमा योगदान दिने पहिलो मौरी बाजाबादक खड्ग गर्बुजा, चित्रकार शशीविक्रम शाह र पहिलो रंगीन फिल्म ‘कुमारी’ फेम्ड अभिनेत्री चैत्यदेवी सिंहलाई निवासमै सम्मान प्रदान गरिएको हो ।

संस्थाका सल्लाहकार तथा वरिष्ठ संगीतकार राजु सिंह, सुरेश अधिकारी, समाजसेवी तथा साहित्यकार नमस्तेलाल श्रेष्ठ, चित्रकार ज्योतिप्रकाश, सुभम सैजुले बासस्थानमै पुगेर स्रष्टालाई सम्मान प्रदान गरेका हुन् ।

संस्थाले वार्षिकोत्सवको अवसरमा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा संस्थाका अध्यक्ष राजेन्द्र बजगाईं, उपाध्यक्ष उषा उप्रेती, महासचिव दीपक शर्मा, कोषाध्यक्ष नारायणबहादुर थापा, सदस्यहरु भद्र वली, पुष्कर सुनुवार, मनोज परिवार, बेनिशा पौडेल, प्रतीक्षा काफ्ले, उत्तम अधिकारी, रीता केसी, सिलन लम्साल, सविन सुवेदी, माइकल चन्द, फोटोग्राफर देवराज आचार्य, गीता पाण्डे र संस्थाका आजीवन सदस्य गोपाल ढकाल उपस्थित थिए ।

‘शारीरिक अस्वस्थताको कारण हिंड्न नसक्ने स्रष्टालाई निवासमै पुगेर सम्मान प्रदान गर्दा हामी खुसी छौं,’ महासचिव शर्माले भने । उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?