+
+

बासी भातको निहुँमा सौतेनी आमाको हत्या, युवक पक्राउ

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० असार २४ गते २०:२२

२४ असार, जनकपुरधाम । बासी भात खान दिएको निहुँमा सौतेनी आमाको हत्या गरेको आरोपमा एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने भारत बिहारको बेतिया नरकटियागञ्ज थाना केयुनियाका २० वर्षीया प्रेम भगत छन् । उनी धनुषाको गणेशमान चारनाथ नगरपालिका-४ शिवनगर पथराईका अशोक जैसवालको घरमा डेरा गरी परिवारसहित बस्दै आएका छन् ।

प्रेमले कान्छी आमा ३९ वर्षीय मीरा देवी भगतको टाउकोमा काठको मुंग्रो बजारेर हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए ।

उनका अनुसार शनिबार दिउँसो बासीभात खाने विषयमा विवाद भएको थियो । आवेशमा प्रेमले काठको मुंग्रो पछाडिबाटै सौतेनी आमाको टाउकोमा प्रहार गरेका थिए ।

मीरादेवीको घटनास्थलमै मृत्यु भएपछि उनले घटनालाई ढाकछोप गन शवलाई जलाइदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका  प्रेमले आफ्ना बुवासँगै बसेर राजमिस्त्रीको काम गर्दै आएका थिए ।

‘बासीभात खान्न बरु होटलमा खान्छु’ भनेपछि आमाले बुवाको नाम लिएर तथानाम गाली गरेपछि धक्का दिँदा आमा लडेको र उठेर काठको चिरपटले हान्न खोजेपछि आफूले खोसेर पीठ्यूमा हान्न खोजे पनि टाउकामा लागेको प्रहरीसमक्ष बयानमा स्वीकार गरेका छन् ।

सौतेनी आमा र छोराको बेला बेला झै-झगडा हुने गरेको प्रहरीले जनाएको छ ।

पक्राउ गरेका युवक र जल्न बाँकी कपडासहितका प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी खड्काले बताए ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?