+
+

पूर्वाधार विकासका लागि छुट्याइएको बजेटले भ्रष्टाचार बढाउँछ : सांसद देव

अनलाइनखबर अनलाइनखबर
२०८० असार २६ गते १५:३६

२६ असार, काठमाडौं । राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा आवश्यक बजेट जान नसकेको बताएका छन् ।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताएका हुन् । उनले पिछडिएका प्रदेशहरुमा आवश्यक भन्दा कम बजेट गएकोप्रति असन्तुष्टि जनाए ।

‘नेपालको डाटाले के भनिरहेको छ भने कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेश यो एचडिआइको हिसावले पछि परेको प्रदेश हो । त्यहाँ जस्तो बजेट हामीले विनियोजन गरेका छौँ । त्यो ठिक गरेका छौँ त ?,  उनले भने, ‘ सरकारको एउटा इकोनोमिक इन्स्क्लुसिभप्रतिको दृष्टिकोण के हो सरकारको ? त्यो हिसावले हेर्ने हो भने यो तीन प्रदेशमा जति बजेट जानुपर्ने हो, जति थियो, त्यसबाट अलिकति बढी जानुपर्ने हिसावले नेपाल सरकारले अर्थ मन्त्रालयले त्यतातिर सोच्न सकेन की भन्ने मलाई लाग्यो ।’

उनले पूर्वाधार विकास कार्यक्रममा छुट्याइएको ८ अर्ब २५ करोड बजेट भ्रष्टाचार बढाउने बजेट भएको बताए । उनले भने, ‘मन्त्रीज्यूले आफैँ एउटा कार्यक्रममा के भन्नुभयो भने पूर्वाधार विकास कार्यक्रममा जुन ८ अर्ब २५ करोडको विनियोजन भएको छ, त्यो पनि पुँजीगत खर्च हो । त्यो रकममा धेरै ठूलो चुहावट छ । त्यो पोल्टिसियनहरुलाई भ्रष्टाचारी बनाउने कार्यक्रम हो ।’

उनले सांसद, सांसदका पीए, पार्टीका कार्यकर्तालाई भ्रष्टाचारी बनाउन पूर्वाधार विकास कार्यक्रमको बजेटले सहयोग गरिरहेको आफ्नो अनुभवले बताएको बताए ।

सांसद देवले पूर्वाधार विकास कार्यक्रमको बजेट छुट्याउने कुरा प्रधानमन्त्री, मन्त्रीहरुको दोष नभइ प्रणालीको दोष भएको बताए ।

‘सांसद, सांसदका पीए, पार्टीका कार्यकर्तालाई भ्रष्टाचारी बनाउने ठाउँ हो । पुँजीगत खर्चलाई अनावश्यक ढंगले चुहावट गराउने, भ्रष्टाचार बढावा दिने हिसावले ८ अर्ब २५ करोडको रकम छ । यो दोष प्रणालीको दोष हो ।’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?