+
+
फ्राइडे रिलिज :

हलमा लागे बगान, मिसन इम्पोसिबल-७ र रेसिडेन्ट एभिल

अनलाइनखबर अनलाइनखबर
२०८० असार २९ गते १२:३८

काठमाडौं । शुक्रबार नेपालमा तीन नयाँ फिल्म प्रदर्शनमा आएका छन् । जसमा सरोज खनालको डेब्यु निर्देशन रहेको फिल्म ‘बगान’, टम क्रुज स्टारर प्रतीक्षित हलिउड फिल्म ‘मिसन इम्पोसिबल : डेड रेकोनिङ पार्ट वान’ र ‘रेसिडेन्ट एभिल : डेथ आइल्याण्ड’ छन् । दयाहाङ राई स्टारर ‘बिहेपास’ पनि पुनः प्रदर्शनमा आएको छ ।

सरोज खनाल निर्देशित फिल्म ‘बगान’लाई सोसल ड्रामा जनरामा राखिएको छ । यो फिल्ममा सरोजसहित करिश्मा मानन्धर, प्रमिला कार्की, आकाश श्रेष्ठ, सरोज खनाल, नीर शाहको शीर्ष भूमिका छ । एकल महिलाको पुनर्विवाहको कथावस्तुमा फिल्म बनेको छ ।

‘मिसन इम्पोसिबल : डेड रेकोनिङ पार्ट वान’ सिरिजको सातौं फिल्म हो । अभिनेता क्रुजले यो फिल्ममा इथन हन्ट नामक एक जासूसको भूमिका निर्वाह गरेका छन् । हन्ट र उसको आइएमएफको टोली खतरनाक हतियार गलत व्यक्तिको हातमा नपरोस् भनेर रोक्ने मिसनमा छन् । यो मिसनको कथावस्तु यो फिल्ममा समावेश छ ।

खतरनाक एक्सनको कारण यो फिल्म रिलिजअघि नै चर्चामा छ । एक्सन, एड्भेन्चर र थ्रिलर जनरामा राखिएको यो फिल्मलाई क्रिस्टोफर म्याक्कवीरले निर्देशन गरेका हुन् । फिल्मको सूचक मानिने रटन टम्याटोजमा यसले ९८ प्रतिशत रेटिङ प्राप्त गरेको छ भने समग्रमा सकारात्मक समीक्षा बटुलेको छ । नेपाली सेन्सर बोर्डले यो फिल्मलाई पीजी सर्टिफिकेट दिंदै १६४ मिनेटको रनटाइम तय गरेको छ ।

शुक्रबार नै अर्को हलिउड एक्सन एड्भेन्चर फिल्म ‘रेसिडेन्ट एभिल : डेथ आइल्याण्ड’ पनि रिलिज भएको छ । ९१ मिनेट लामो यो फिल्मलाई एडल्ट सर्टिफिकेट दिइएको छ ।

दयाहाङ राई र प्रकृति श्रेष्ठको शीर्ष भूमिका रहेको फिल्म ‘बिहेपास’ यसअघि वैशाख १ गते प्रदर्शनमा आएको थियो । सम्बन्धको कथावस्तुमा बनेको यो फिल्मलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् । यो फिल्मलाई हलमा पुन: रिलिज गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?