+
+

यी हुन् अप्रिलमा ओटीटीमा रिलिज हुन लागेका प्रतीक्षित १० फिल्म र सिरिज

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते १२:४१

काठमाडौं । सोमबारदेखि नयाँ अंग्रेजी महिना अप्रिल सुरु भएको छ । एकातिर ओटीटी प्लेटफर्म जियो सिनेमामा आईपीएल (इन्डियन प्रिमियर लिग)को बारेमा चर्चा छ भने अर्कोतर्फ एक महिनासम्म फिल्म र वेब सिरिजको चहलपहल छ ।

यसै महिना नेटफ्लिक्स, प्राइम भिडियो, डिज्नी प्लस हटस्टारमा ‘अमर सिंह चम्किला’, ‘ये मेरी परिवार’, ‘आर्टिकल ३७०’, ‘फ्यांकलिन’ र ‘फ्यामिली आज कल’ लगायतका शो र फिल्म रिलिज हुँदैछन् । तपाईंका लागि सप्ताहन्तका लागि मनोरञ्जक बन्न सक्छन् ।

अमरसिंह चम्किला

दिलजीत दोसांझ र परिणीति चोपडाको फिल्म ‘अमर सिंह चमकिला’ लामो समयदेखि चर्चामा छ । यो प्रतिष्ठित पञ्जाबी गायक अमर सिंह चमकिलाको जीवनमा आधारित छ । यो फिल्म अप्रिल १२ मा नेटफ्लिक्समा रिलिज हुनेछ ।

प्यारासाइट : द ग्रे

साइन्स फिक्सन हरर ‘प्यारासाइट : द ग्रे’ले अन्तरिक्षबाट आक्रमण गर्ने र मान्छेको शक्ति आफूमा खिच्ने परजीवीको कथालाई पछ्याउँछ । कू क्यु ह्वानले हराएकी बहिनीलाई खोज्छन् र आफ्नो यात्रामा अवरोध बन्ने परजीवीसँग लड्ने मुख्य पात्रको भूमिकामा अभिनय गरेका छन् । यन साङ् हो निर्देशित यो ड्रामा हरर, एक्सन र मिस्ट्री जनरामा बनेको छ । नेटफ्लिक्समा अप्रिल ५ बाट स्ट्रिमिङ हुँदैछ ।

हनुमान

यस वर्षको चर्चित दक्षिण भारतीय फिल्म ‘हनुमान’लाई हलमा हेर्नबाट छुटाउनुभएको छ भने यो मौका हुनसक्छ । यो फिल्म अप्रिल ५ मा डिज्नी प्लस हटस्टारमा यो फिल्म तमिल, मलयालम र कन्नडा भाषामा स्ट्रिमिङ हुँदैछ । जियो फाइभ र जियो सिनेमाले निर्माण गरेको यो फिल्म विश्वव्यापी लोकप्रिय भएको थियो ।

स्कुप

तपाईंलाई पत्रकारिता र समाचारमा रुचि छ भने यो फिल्म महत्वपूर्ण हुनसक्छ । यौन अपराधी जेफ्री एपस्टेनसँगको मित्रताको सम्बन्धमा सन् २०१९ को प्रिन्स एन्ड्र्यूको कुख्यात अन्तर्वार्ता कसरी ‘न्युजनाइट’का महिलाले प्राप्त गरे भने अन्तर्वार्तात्मक कथा यसमा समेटिएको छ । यो पनि अप्रिल ५ मा नेटफ्लिक्समा रिलिज हुँदैछ ।

साइलेन्स २

मनोज बाजपेयीको फिल्म र सिरिजको सौखिन हुनुहुन्छ भने यो सिरिज नछुटाउनुहोला । सन् २०२१ मा रिलिज भएको ‘साइलेन्स : क्यान यू हियर इट’को यो दोस्रो श्रृंखला हो । तीन वर्षपछि यसको दोस्रो अध्याय आउन लागेको हो । १० अप्रिलमा जी फाइभमा यो फिल्म रिलिज हुँदैछ ।

फर्रे

सलमान खानकी भान्जी अलिजेह अग्निहोत्रीको फिल्म ‘फर्रे’ पनि ओटीटीमा रिलिज हुँदैछ । यो फिल्मबाट अलिजेहले अभिनयको दुनियाँमा प्रवेश गरेकी हुन् । गत वर्ष हलमा रिलिज भएको यो फिल्म ओटीटीमा आउन लागेको हो । ५ अप्रिलमा जीफाइभमा यो फिल्म स्ट्रिमिङ हुनेछ ।

साइरन

तमिल थ्रिलर साइरन हलमा यसै वर्ष रिलिज भएको थियो । एन्टोनी भाग्यराज यो फिल्मका निर्देशक र लेखक हुन् । फिल्ममा योगी बाबु, समुथिरकणी, कौशिक महता र अन्य कलाकारको साथमा जयम रवि, कीर्तिसुरेश र अनुपमा परमेश्वरन मुख्य भूमिकामा छन् । ११ अप्रिलमा हटस्टारमा यो फिल्म आउनेछ ।

फ्यामिली आजकल

यदि तपाई परिवारसँग बसेर पारिवारिक शो हेर्न चाहनुहुन्छ भने तपाईंलाई यो शो पक्कै मन पर्नेछ । यसमा अपूर्व अरोरा, सोनाली सचदेव, नितेश पाण्डे, अक्षर सिंह, प्रखर सिंह र मसूद अख्तरले अभिनय गरेका छन् । ३ अप्रिलमा सोनी लिवमा यो शो स्ट्रिमिङ हुनेछ ।

क्रुक्स

समस्याग्रस्त विगतले पछ्याउनुअघि चार्ली र उनको परिवारले बर्लिनमा शान्त जीवन बताउँदै आएका छन् । उनका पूर्वसाथीहरुले एक दुर्लभ सिक्का चोर्न धम्की दिएका छन् । जोसेफ नामको भियनाको गिरोह ड्राइभर लुटिएको उक्त सामानलाई सुरक्षित रुपमा अष्ट्रिया पुर्‍याउने तयारीमा छ । जब यो योजनाको खुलासा हुन्छ, तब लडाइँ चर्किन्छ । ४ अप्रिलमा यो फिल्म नेटफ्लिक्समा रिलिज हुँदैछ ।

रिबेल मुन : पार्ट २

आकाशगंगाको छेउमा रहेको एउटा उपनिवेश अत्याचारी शासकको विरुद्धमा अस्तित्वका लागि लडाइँ लड्छ । ज्याक स्नाइडर निर्देशित यो साइन्स फिक्सन फिल्म अप्रिल १९ मा नेटफ्लिक्समा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?