+
+

ग्रामीण चलचित्र महोत्सवमा २० फिल्म छनोट

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते १८:१७

काठमाडौं । रामेछापमा आयोजना हुन लागेको तेस्रो ग्रामीण चलचित्र महोत्सवमा २० फिल्म छनोट भएका छन् । चार विधामा ती फिल्म छनोट भएको आयोजक सेलिब्रेटी नेपालले जनाएको छ ।

फिल्म क्षेत्रलाई सरकारले आवश्यक सहयोग दिने मन्त्री भण्डारीले प्रतिबद्धता जनाए । कलाकार देशका गहना भएको भन्दै उनले कलाकार र फिल्म क्षेत्रलाई उद्योगको रुपमा विस्तार गर्ने उद्देश्य रहेको बताए ।

ग्रामीण कथावस्तुमा बनेका फिल्म महोत्सवमा प्रदर्शन हुनेछन् । स्क्रिनिङसँगै फिल्मबारे अन्तरक्रिया, कार्यशाला गोष्ठी र पर्यटन प्रवर्द्धनबारे छलफल हुने जनाइएको छ । यसअघि गोरखा र काभ्रेमा महोत्सव यसपटक रामेछाप नगरपालिकाको गौरीशंकर उच्च माविमा हुन लागेको हो ।

महोत्सव वैशाख ६ देखि ८ गतेसम्म आयोजना हुँदैछ ।

यी हुन् छनोट भएका फिल्म

कथानक फिल्म

नांगो गाउँ : दीपेन्द्र लामा

दिमाग खराब : निश्चल बस्नेत

विच्छेद : सत्यराज चौलागाईं

सतीदेवी : लक्ष्मण सुवेदी

छोटो फिल्म

द डार्क बेकन : पवन केसी

सिग्रेट : डब्बु क्षेत्री

सिपाहीको छोरो : सुरज पौडेल

द ग्रेट मुखिया : असिम पौडेल

डिस्पेयर : शिव पुरी

रित्तो गाउँ : रामजी ज्ञवाली

आमा : परिच्छेद सेन

स्यालुट : अनुपराज राई

अन्तै माया : रणधीर श्रेष्ठ

डकुमेन्ट्री फिल्म

आग्रे : अनिल बुढामगर

स्नो लियोपार्ड : प्रदीप पोखरेल

इँटाभट्टा : सुरेश डी मुखिया

बनकरिया : लक्ष्मी सुवेदी

भाषिक फिल्म

लिलामे माइला : भीम लामा

माराङ : बुद्धिया एस मगर

स्वयनगु : अमृतमान महर्जन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?