+
+
Shares

पाँचौ ग्रामीण चलचित्र महोत्सवमा १७ फिल्म देखाइने (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते १५:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्रामीण चलचित्र महोत्सवले कथानक, भाषाभाषी र छोटा फिल्म विधामा आधिकारिकरुपमा १७ वटा फिल्म छनोट गरेको छ।
  • महोत्सव बैशाख १५ देखि १७ गतेसम्म सर्लाहीको चन्द्रनगर गाउँपालिकामा निःशुल्क आयोजना हुने भएको छ।
  • यसवर्ष ५० भन्दा बढी फिल्मको आवेदन परेकोमा १७ वटा छनोट गरिएको र यो महोत्सव पहिलो पटक तराईमा आयोजना हुन लागेको छ।

काठमाडौं । ग्रामीण चलचित्र महोत्सवले आधिकारिकरुपमा छनोट भएका फिल्मको सूची सार्वजनिक गरेको छ । कथानक, भाषाभाषी र छोटा फिल्म विधामा लाइनअप घोषणा गरिएको हो ।

कथानक फिल्मतर्फ मोहर, गुन्यु चोलो, सिटामोल, माइतीघर र कोशेढुंगा छनोट भएका छन् । भाषाभाषीका फिल्मतर्फ इहिरी, सेमिफुङ, नाकछोङ, सब्रे म्रु र बहौरिया छन् ।

छोटो फिल्मतर्फ थरी माइलाको भेजिटेबल गार्डन, अभिभारा, खिल, चाह के रङ्ग, भोटको मोल, नीलो आकाश र लौलासा छन् । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आयोजित पत्रकार सम्मेलनमा यो सूची सार्वजनिक गरिएको हो ।

महोत्सव बैशाख १५ देखि १७ गतेसम्म चन्द्रनगर गाउँपालिकामा आयोजना हुने भएको छ । पत्रकार सम्मेलनमा महोत्सव अध्यक्ष रघुनाथ सापकोटा, गाउँपालिका अध्यक्ष राजकुमार महतो लगायत सर्लाहीका पत्रकार सहभागी थिए ।

‘हिमाल, पहाड, तराई, कोही छैन पराई’ भन्ने मूल नारासहित यसअघि लाप्राक, गोसाईकुण्ड, भकुण्डेबेसी र रामेछापमा आयोजना भइसकेको यो महोत्सव पहिलो पटक तराईमा हुन लागेको हो ।

यसवर्ष तीन विधाको लागि ५० भन्दा बढी फिल्मको आवेदन परेकोमा १७ वटा छनोट गरिएको छ । दर्शकले फिल्मलाई निःशुल्करुपमा हेर्न पाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?