+
+

पुलिसले जित्यो महिलामा प्रधानमन्त्री कप एनभीए कपको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३० गते १४:५१

३० असार, काठमाडौं । सातौं प्रधानमन्त्री कप भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको फाइनल खेलमा एपीएफलाई पराजित गर्दै पुलिसले उपाधि जितेको छ ।

पुलिसले एपीएफलाई २५-१२,२१-२५, २५-२३ र २५-१९ ले एपीएफलाई पराजित गरेको हो । पहिलो सेटमा सहज जित हात पारेको पुलिसले दोस्रो सेट भने एपीएफसँग पराजित भयो । तेस्रो सेट एपीएफले अग्रता लिए  पनि जोगाउन नसक्दा २५-२३ मा पराजित हुन पुग्यो । चौथो सेटमा अग्रता बनाउँदै जित निकालेको हो ।

पुरुषतर्फको फाइनल ३ बजे सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?