+
+

परराष्ट्रमन्त्री साउद बैंकक जाँदै, भारतीय विदेशमन्त्रीसँग साइडलाइन वार्ता हुने

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३१ गते ८:२८

३१ असार, काठमाडौं । विमस्टेक राष्ट्रका परराष्ट्रमन्त्रीस्तरीय ‘रिट्रिट’मा सहभागी हुन परराष्ट्र मन्त्री एनपी साउद आज थाइल्याण्डको बैंकक जाँदैछन् ।

उनी दिउँसो एक बजे थाई स्माइल एयरवेजको जहाजबाट त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

परराष्ट्रमन्त्रीस्तरीय ‘रिट्रिट’ सोमबार छ । सोही दिन सवा १० बजे उनी नेपालतर्फ प्रस्थान गर्नेछन् ।

बैंककमा हुने बिमस्टेक विदेशमन्त्री स्तरीय बैठकको क्रममा परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री बीच साइडलाइन वार्ता हुने छ । परराष्ट्र मन्त्री बनेपछि साउद र एस. जयशंकरबीच दोस्रोपटक साइडलाइन वार्ता हुन लागेको हो। योभन्दा पहिले बंगलादेशमा इन्डिया फाउन्डेशनको कार्यक्रममा सहभागी भएको बेला उनीहरूबीच पहिलो अनौपचारिक भेट भएको थियो।

मन्त्री साउद साउन २ गते मंगलबार थाइ स्माइल एयरवेजकै जहाजबाट स्वदेश फर्किने कार्यक्रम छ ।

बिमस्टेकमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमार सदस्य छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?