+
+

परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १४ गते १०:१९

१४ कात्तिक, काठमाडौं । अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री एन पी साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

अमेरिकी विदेश मन्त्रालयमा गएराति भएको भेटमा एमसीसी परियोजना, सूचना प्रविधि, कृषि, खाद्य सुरक्षालगायतका विषयमा छलफल भएको थियो ।

अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले ट्वीट गर्दै एमसीसी परियोजनाबारे मन्त्री साउदसँग छलफल भएको जानकारी दिएका छन् ।

साथै इजरायलमा हमासले गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएकोप्रति समवेदना प्रकट गरेका थिए ।

उनीहरुबीच क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझा चासोका विषयमा समेत छलफल भएको थियो । परराष्ट्रमन्त्री साउदले उक्त अवसरमा नेपालले अल्पविकसित देशबाट मध्यमस्तरको देशमा स्तरोन्नतिका लागि कार्ययोजना बनाएकाले थप सहयोगको खाँचो औँल्याएका थिए ।

मन्त्री साउदले नेपाललाई व्यापार तथा लगानी, बजारको पहुँच, कृषिको विकास र सूचना प्रविधिको विकासका लागि सहयोग गर्न अमेरिकी सरकारसँग अनुरोध गरे । मन्त्री साउदले नेपाललाई थप वस्तुहरूको सुविधासहित व्यापार सहुलियत प्रदान गर्न अनुरोध गरेका थिए ।

मन्त्री साउदले नेपालको आर्थिक, सामाजिक विकासका लागि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र अमेरिकी सहयोग नियोगको सहयोग उल्लेखनीय भएको बताए । द्विपक्षीय वार्ताका क्रममा दुवै पक्षले एमसीसी परियोजना तोकिएको समयमा नै सम्पन्न हुने कुरामा विश्वस्त रहेको बताएका थिए ।

द्विपक्षीय वार्ताका अवसरमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, मन्त्रालयका अधिकारी र दूतावासका प्रतिनिधिको सहभागिता थियो ।

साथै अमेरिकी सरकारका तर्फबाट भने अमेरिकी उपसहायकमन्त्री डोनाल्ड लु, नेपालका लागि अमेरिकी राजदूत डीनआर थम्पसन सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?