+
+
Shares

पाकिस्तानी सैनिक भ्रमण यो बेला उपयुक्त थिएन : एनपी साउद

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २४ गते १२:२७
फाइल तस्वीर

२४ वैशाख, काठमाडौं । पाकिस्तानको उच्चस्तरीय सैनिकमण्डल नेपाल भ्रमणमा आएको विषय संसदमा उठेको छ । नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले यो बेला पाकिस्तानी सैनिकको भ्रमण उपयुक्त नभएको बताएका हुन् ।

छिमेकमा भएको जघन्य आतंककारी घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डलले नेपाल भ्रमण भएको साउदले संसद बैठकमा बताए ।

उनले भने,‘ भ्रमण पूर्वनिर्धारित नै भए पनि वर्तमान स्थितिका बारे संवेदनशील भएर कुटनीतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतिक्षा गर्नुपर्ने आवश्यकता थियो ।’

नेपाली नागरिक आतंकको सिकार भएको र छिमेकमा युद्धको आगो सल्किरहेको बताउँदै साउदले सरकारले कुटनीतिक जिम्मेवारी बोध गरी राष्ट्रिय र अन्तराष्ट्रिय दायित्व निर्वाह गर्न सुझाव दिए ।

पूर्व निर्धारित तालिका अनुसार पाकिस्तानी सेनाको एक टोली तालिमका लागि काठमाडौं आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?