१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीको एकतासँग लोकतन्त्र र मुलुक जोडिएका कारण सकारात्मक रूपमै अगाडि बढ्दा राम्रो हुने बताएका छन् ।
संस्थापन इतर समूहको धुम्बाराहीमा जारी भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेता साउदले आफूहरूले सकारात्मक सोच राखे पनि संस्थापन पक्षमा आफूले सकारात्मक सोच नदेखिएको टिप्पणी गरे ।
‘पार्टीको एकतासँग लोकतन्त्र पनि जोडिएको छ, मुलुक पनि जोडिए छ । यो कुरालाई दृष्टिगत गरेर हामीले सकारात्मक रूपमै अगाडि बढ्दा राम्रो,’ साउदले भने, ‘तर, उनीहरूको सकारात्मक सोच मैले देखेको छैन ।’
संस्थापन समूहमा सकारात्मक सोच नदेखिएको अवस्थामा इतर समूहले सामूहिक निर्णय लिनुपर्नेमा उनको जोड थियो । ‘अब सकारात्मक सोच देख्दै नदेखेपछि के गर्ने भन्ने सन्दर्भमा हामीले सामूहिक रूपमा निर्णय गरौँ,’ साउदले भने, ‘हामी सबै सामूहिक रूपमा एकै ठाउँमा छौँ ।’
नेता साउदले आफूहरूसँग दुई वटा मात्रै विकल्प रहेको पनि जिकिर गरे । ‘हामीसँग दुइटा मात्रै अल्टरनेट छ । एउटा अल्टरनेट के हो भने परिस्थिति जुन छ, त्यसलाई एज इट इज ग्रहण गरेर पार्टी भित्रको प्रक्रियालाई संघर्षका रूपमा लिएर १५औ महादेश संसदमा जाने,’ उनले भने, ‘जे-जे कुरा भन्या छन्, के मान्ने के नमान्ने भन्ने कुरामा कन्डिसनल जाने बित्तिकै हामी ब्याकफुटमा जान्छौँ । त्यस कारण या त त्यसलाई संघर्षको रूपमा लिएर १५ औ महाधिवेशनसम्म जाने या त वैकल्पिक बाटोमा जाने ।’
साउदले वैकल्पिक बाटोका प्रतिकुलताहरूका बारेमा जानकारी दिने क्रममा नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठनका बेलाको अनुभव भेलामा सहभागी नेताहरूलाई स्मरण गराएका थिए ।
प्रतिक्रिया 4