+
+
Shares

भूराजनीति र देशभित्रका कुरामा ध्यान नपुग्दा कांग्रेसलाई क्षति भयो : एनपी साउद

नेपाली कांग्रेसका नेता एनपी साउदले पहिलो र दोस्रो पार्टी मिलेर सरकार चलाउँदा काम गर्न नसकेकाले कांग्रेसले अहिले क्षति बेहोर्नुपरेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते २१:५८

१८ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले पहिलो र दोस्रो पार्टी मिलेर सरकार चलाउँदा काम गर्न नसकेकाले कांग्रेसले अहिले क्षति बेहोर्नुपरेको बताएका छन् । बुधबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अगुवाइमा बसेको छलफलमा बोल्दै नेता साउदले केही भूराजनीतिक विषयमा ध्यान नपुग्दा पनि क्षति पुगेको बताएका हुन् ।

‘पहिलो र दोश्रो पार्टीको गठबन्धन बनेर काम गर्न सकिएन,’ उनले भने, ‘जिओपोलिटिकल र देशभित्रका कुरालाई ध्यान पुगेन ।’

निर्वाचन आयोगले विशेष अधिवेशनको भेरिफिकेसन नै नगरी आधिकारिकता दिएको उनदले बताए । ‘हामीसँग नम्बर, सरकार, बहुमत सबै कुरा थियो, तर हामी चुक्यौं,’ उनले भने ।

अहिलेको गतिविधि समानान्तर नभई अन्तर्संघर्ष रहेको उनले टिप्पणी गरे ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?