+
+
Shares

भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले र कांग्रेस नेता साउदबीच भेट

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका साउदसँगको भेटमा दुई देशबीचको सम्बन्धका विभिन्न पक्षबारे छलफल भएको उनले सामाजिक सञ्जालमार्फत् जनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १९ गते १४:२९

१९ वैशाख, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाली कांग्रेसका नेता एनपी साउदसँग भेटवार्ता गरेका छन् ।

राजनीतिक पार्टीका दोस्रो तह तथा तेस्रो तहका नेतासमेत भेट गरिरहेका चौथाइवालेले कांग्रेस नेता साउदसँग भेट गरेका हुन् ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका साउदसँगको भेटमा दुई देशबीचको सम्बन्धका विभिन्न पक्षबारे छलफल भएको उनले सामाजिक सञ्जालमार्फत् जनाएका छन् ।

तीन दिने नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आएका चौथाइवालेले यसबीच प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरूसँग भेटवार्ता गरिसकेका छन् ।

उनले गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक, कांग्रेस महामन्त्री गगनकुमार थापा, प्रवक्ता डा. प्रकाशशरण महत, नेताहरू डा. शेखर कोइराला, उदयशम्शेर राणालगायतसँग पनि बेग्लाबेग्लै भेटवार्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?