+
+

दर्शक कुट्ने भलिबल खेलाडीलाई ६ महिनाको प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३१ गते १२:४४
धनबहादुर भट्ट ।

३१ असार, काठमाडौं । नेपाल भलिबल संघले खेलका क्रममा दर्शक कुट्ने त्रिभुवन आर्मी क्लबका ३ जना खेलाडीलाई कारबाही गरेको छ ।

सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशसँगको खेलका क्रममा आर्मीका धनबहादुर भट्टलगायतका खेलाडीले दर्शक कुटेका थिए ।

दर्शकमाथि हातपात तथा खेलका क्रममा अनुशासनहीन गतिविधि गरेको भन्दै संघले क्लबका स्पाइकर धनबहादुर भट्टलाई ६ महिना तथा राजेन्द्र विष्ट र धनपती कुँवरलाई ३ महिनाको प्रतिबन्ध लगाएको छ । भट्टलाई ६ महिना तथा विष्ट र कुँवरलाई ३ महिना राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै प्रतियोगितामा प्रतिबन्ध लगाउने निर्णय गरेको छानबिन समितिका संयोजक रोशन श्रेष्ठले जानकारी दिए ।

छानबिनका लागि गठन गरिएको ५ सदस्यीय समितिको सुझावका आधारमा भलिबल संघको कार्यसम्पादन समितिको बैठकले कारबाहीकव् निर्णय गरेको संघका महासचिवसमेत रहेका श्रेष्ठले जानकारी दिए ।

आर्मीकै ब्लकर रहेका दुर्गा खड्कालाई भने आगामी दिनमा यस्तो कार्य नदोहोर्‍याउने गरी चेतावनी दिएर छोडिएको श्रेष्ठले जानकारी दिए । दुर्गाले प्रतियोगितामा उत्कृष्ट ब्लकरको उपाधि पनि जितेका थिए ।

आर्मीका कप्तानसमेत रहेका हरिहजुर थपालाई राष्ट्रिय टिमको कप्तानबाटसमेत बर्खास्त गरिएको छ ।

खेलाडी, दर्शक र भलिबलमा संलग्नहरुको सुरक्षालाई ध्यानमा राखेर सुरक्षा व्यवस्थानमा ध्यान दिन पनि समितिले संघलाई सुझाव दिएको उल्लेख गर्दै श्रेष्ठले भने, ‘सहभागी क्लबका खेलाडीलाई अनुशासनमा राख्न अनुरोध गर्ने निर्णय गरेका छौं । संसारभरबाट लाइभ हेर्ने र प्रत्यक्ष कर्भड हल पुगेर भलिबल हेर्ने दर्शकमा आघात पुगेकाले सुरक्षामा कडाइ गर्न भलिबल संघलाई सुझाव गरेका छौं ।’

विवादित खेलको रेफ्रीको मुख्य भूमिकामा रहेका चित्र जंग गुरुङ र दोस्रो रेफ्रि (सेकेन्ड रेफ्री) अनिल रानालाई क्लब च्याम्पियनसिप र क्लब लिगमा निर्णायकको भूमिका निर्वाह गर्न नदिने गरि कारबाही गरिएको छ ।

‘हामीले उक्त खेलमा निर्णायकको भूमिका निर्वाह गर्ने दुई रेफ्रिलाई पनि आगामी क्लब च्याम्पियनसिप र क्लब लिगमा निर्णयकको भूमिका निर्वाह गर्न नपाउने भन्ने निर्णय अनुमोदन भएको छ,’ श्रेष्ठले भने ।

संघका महासचिव तथा प्रतियोगिता संयोजक रोशन श्रेष्ठको संयोजक रहेको छानविन समितिमा सचिव सुनकेशरी माली, कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठ, सदस्य अन्जु श्रेष्ठ र जुनु पुन थिए ।

समितिले आर्मीका खेलाडी, टिम र उजुरी दिने दर्शकको बयान लिएको थियो । गण्डकी प्रदेशविरुद्ध तेस्रो सेटमा आर्मी २३–२४ को अवस्थामा थियो । रेफ्रीले चेकआउट हुँदा अंक आर्मीलाई दिएको भन्दै गण्डकीका खेलाडी असन्तुष्टि जनाएका थिए ।

त्यसै क्रममा आर्मीका खेलाडीलाई दर्शकले पछाडिबाट अपशब्द बोल्नुको साथै बोतल प्रहार गरेपछि विवाद बढेको थियो र भट्टसहित कारबाहीमा परेका खेलाडीले दर्शकदीर्घामै गएर समर्थकलाई हातपात गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?