+
+

‘साउन १ देखि श्रमिकको न्यूनतम ज्याला बढाइयोस्’

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३१ गते १५:२२

३१ असार, काठमाडौं । सांसदहरुले श्रमिकको न्यूनतम ज्याला बढाउन सरकारको ध्यानाकर्षण गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको आकस्मिक र शून्य समयमा बोल्दै सांसदहरुले श्रमिकको न्यूनतम ज्याला बढाउन सरकारलाई आग्रह गरेका हुन् ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हरेक दुई वर्षमा बढाउनुपर्ने श्रमिकको न्यूनतम ज्याला बढाउन माग गरे । साउन १ देखि लागू हुने गरी श्रमिकको न्यूनतम ज्याला १५ हजार बाट बढाउनुपर्ने भन्दै शर्माले सरकार, रोजगारदाता र श्रमिकबीच संवाद गरी टुंगोमा पुर्‍याउन माग गरे ।

कांग्रेसकै सांसद रमा कोइराला पौडेलले साउन १ गते देखि नै लागू हुने गरी श्रमिकको न्युनतम ज्याला बढाउन माग गरिन् । ‘सरकारले साउन १ गतेदेखि लागू हुने गरी श्रमिकहरुको न्युनतम पारिश्रमिक बढाउने काम गरोस् भन्ने आग्रह गर्न चाहन्छु’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?