+
+

राष्ट्रपति समक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३१ गते १७:०३

३१ असार, काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल  समक्ष प्रस्तुत गरेका छन् । उनले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

२०७९ असार मसान्तसममका अदालती कामकारबाहीका विवरण समेटिएको प्रतिवेदन ढिलो गरी राष्ट्रपति समक्ष पेश भएको हो ।

प्रतिवेदन बुझाउन प्रधानन्यायाधीश कार्कीका साथै सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, मुख्यरजिष्ट्रार लालबहादुर कुँवर लगायत सर्वोच्च अदालतका बरिष्ठ अधिकारीहरु उपस्थित थिए भने राष्ट्रपतिका कानूनी सल्लाहकार बाबुराम कुँवर, राष्ट्रपति कार्यालयका सचिव लगायतको उपस्थिती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?