+
+

साफ यू-१९ फुटबल असोजमा नेपालमै हुने, नेपाली टिमका लागि छनोट कार्यक्रम गरिने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १ गते २०:१९

१ साउन, काठमाडौं । साफ यू-१९ च्याम्पियनसिप पुरुष फुटबल नेपालमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार साफ यू-१९ आगामी असोजमा काठमाडौंमा हुनेछ ।

त्यसका लागि एन्फाले नेपाली यू१९ टिम तयार पार्न खेलाडी छनोट कार्यक्रम समेत गर्ने जनाएको छ ।

साफ यू-१९ को पाँचौ संस्करण असोज ४ देखि १३ गते (सेप्टेम्बर २१-३०) सम्म हुने एन्फाले जनाएको छ । नेपालमा तेस्रो पटक यस प्रतियोगिता आयोजना हुन लागेको हो ।

यसअघि २०१५ मा यू-१९ फर्म्याटमै भएको पहिलो संस्करण र २०१९ मा यू-१८ फर्म्याटको तेस्रो संस्करण नेपालमा भएको थियो ।

२०१७ मा यू-१८ फर्म्याट भुटानमा भएको थियो भने गत वर्ष यू२० फर्म्याटमा भारतमा आयोजना भएको थियो ।

सुरुवाती दुई संस्करणमा च्याम्पियन बनेको नेपाल त्यसपछिका दुई संस्करणमा फाइनल समेत पुग्न सकेको छैन ।

गतवर्ष आयुष घलानको कप्तानीमा खेलेको नेपाली टिम भारत र बंगलादेश भन्दा पछि रहँदै तेस्रो भएको थियो । –

खेलाडी छनोट कार्यक्रम हुने

एन्फाले यू-१९ राष्ट्रिय फुटबल टिम निर्माणका लागि तीन चरणमा खेलाडी छनोट गर्ने भएको छ । एन्फाले सोमबार सात प्रदेश र ४८ जिल्ला फुटबल संघलाई पत्र लेख्दै खेलाडी छनोटबारे जानकारी गराएको छ ।

जस अनुसार जिल्ला छनोट यही साउन १० देखि १६ गतेसम्म र प्रदेश छनोट साउन १९ देखि २३ गतेसम्म सञ्चालन हुनेछ । त्यसपछि साउन २६ देखि ३० गतेसम्म एन्फाले अन्तिम चरणको छनोट कार्यक्रम गरी प्रशिक्षण सञ्चालन गर्ने जनाएको छ ।

यू-१९ टिमको प्रशिक्षणमा जान २०६१ साल पुष १७ अर्थात २००५ जनवरी १ पछि जन्मेका खेलाडीहरु मात्र सहभागी हुन पाउनेछन् ।

गत वर्ष भएको साफ यू-२० च्याम्पियनसिपका लागि पनि एन्फाले देशधरबाट खुल्ला खेलाडी छनोट कार्यक्रम आयोजना गरेको थियो । जसमा देशभर कूल सात सय खेलाडी सहभागि भएका थिए र त्यसबाट विभिन्न चरणमा खेलाडी छनोट गर्दै अन्तिम टिम छनोट गरिएको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?