+
+

बार्सिलोनामा प्रमाणित गर्न बाँकी छ : गुन्डोगान

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २ गते ८:५०

२ साउन, काठमाडौं । बार्सिलोनामा नयाँ अनुबन्ध भएका इल्के गुन्डोगानले आफूले अझै प्रमाणित गर्न बाकी रहेको बताएका छन् ।

३२ वर्षीय जर्मन मिडफिल्डर गुन्डोगानले गत सिजन म्यानचेष्टर सिटीलाई गत ट्रेबल उपाधि जिताए प्रिमियर लिगबाट ला लिगा क्लब बार्सिलोना पुगेका छन् ।

सिटीलाई तीन उपाधि जिताउन उनले मुख्य भूमिका खेल्दै ५१ खेलमा ११ गोल समेत गरेका थिए ।

फ्रि ट्रान्सफरमा रहेका गुन्डोगानले बार्सिलोनासँग दुई वर्षको लागि सम्झौता गरेका छन् । ‘म बुढो हुँदै गए पनि चुनौतीका लागि म तयार छु र मैले प्रमाणित गर्नुपर्ने धेरै कुरा छ,’ गुन्डोगानले भने ।

गुन्डोगानलाई सोमबार बार्सिलोनाको ट्रेनिङमा प्रस्तुत गरिएको थियो ।

अब उनले क्याटलान क्लबमा जाभीको प्रशिक्षणमा खेल्नेछन् । जाभीले हालका सिटीका म्यानेजर पेप ग्यार्डिवालाको नेतृत्वमा २००८ देखि २०१२ सम्म बार्सिलोनामा खेलेका थिए र २००९ मा स्पानिस ट्रेबल जितेका थिए ।

‘बार्सिलोनामा पनि मैले सिटीका खेलेको जस्तै स्टाइल छ,’ गुन्डोगानले भने, ‘ग्वार्डिओला र जाभी उस्तै छन् । जाभीसँग पहिलो पटक कुरा गर्दा देखि नै म कनेक्ट भएँ । जब मैले उनीसँग कुरा गरेँ कि बार्सिलोना सही ट्रयाकमा छ भन्ने बुझें ।’

गुन्डोगानले फरक देश र र लिग खेल्न पाउनु राम्रो अवसर रहेको बताए ।

यस्तै उनले च्याम्पियन्स लिगको उपाधिका लागि प्रतिस्पर्धा गर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?