+
+

भारतमा बीजेपी र कांग्रेस आई गठबन्धनका छुट्टा छुट्टै बैठक

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २ गते १९:१६

२ साउन, काठमाडौं । भारतका सत्तारुढ भारतीय जनता पार्टी बीजेपी नेतृत्वको एनडीए गठबन्धन र कांग्रेस आई नेतृत्वको विपक्षी गठबन्धन छुट्टा छुट्टै बैठकमा जुटेका छन् ।

आउँदो वर्ष हुने चुनावको रणनीति तय गर्न गठबन्धनको बैठक बसेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

दिल्लीको अशोका होटलमा सुरु भएको एनडीए गठबन्धनमा ३८ दल सहभागी छन् । जहाँ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित सहभागी छन् ।

२६ दल सहभागी विपक्षी गठबन्धको दुई दिने बैठक भने भारतको बैंगलुरुमा सकिएको छ । कांग्रेस आई नेतृत्वको यो गठबन्धनमा २६ दल सहभागी छन् । उनीहरुले गठबन्धनको नाम ‘इन्डियन नेशनल डेभ्लपेमेन्टल इन्क्लुसिव अलायन्स’ छोटकरीमा ‘इण्डिया’  राखेका छन् । यो गठबन्धनको अर्को बैठक मुम्बईमा हुनेछ ।

कांग्रेस आईका अध्यक्ष मल्लिकार्जुन खड्गेले २०२४ को चुनाव इण्डिया भर्सेस एनडीए हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?