+
+

अर्थ मन्त्रालय र राष्ट्र बैंक बीच हार्दिक सम्बन्ध हुनुपर्छ : विष्णु पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ४ गते १४:४४
फाइल तस्वीर

४ साउन, काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेकपा एमालेका नेता विष्णु पौडेलले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक बीच हार्दिक सम्बन्ध हुनुपर्ने बताएका छन् । बिहीबार अर्थ समितिको बैठकमा बोल्दै पौडेलले यस्तो बताएका हुन् ।

‘अर्थ मन्त्रालय र राष्ट्र बैक बीच हार्दिक सम्बन्ध हुनुपर्छ, सम्बन्ध राम्रो छैन भन्ने सन्देश गयो भने त्यसले विश्वासको वातावरण गर्दैन,’ पौडेलले भने ।

नेपालको अर्थतन्त्र नतिजा स्वीकार गर्न सक्ने तर प्रक्षेपण पत्याउन नसक्ने अवस्थामा रहेको उनले बताए । विगतलाई फर्केर हेर्दा कुनै पनि प्रक्षेपण विश्वास नहुने किसिमको भएको पौडेलको भनाइ छ ।

मौद्रिक नीति रोजगारी सिर्जना र उत्पादन वृद्धिमा केन्द्रित हुनुपर्ने उनले बताए । खराब कर्जा र कालो सूचीको संख्या बढ्दै गएकोले यसप्रति पनि ध्यान दिन उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?