+
+

मधु आचार्य भन्छन् : एसी, बीसी सीसी र डीसी कांग्रेस बनाऔं

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ४ गते १६:५१

४ असार, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टी रुपान्तरणका लागि चारवटा प्रस्ताव राखेका छन् ।

केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा आचार्यले एसी, बीसी, सीसी र डीसी कांग्रेसको प्रस्ताव गरेका हुन् ।

आचार्यका अनुसार एसी कांग्रेस एजेण्डामा आधारित कांग्रेस हुनेछ । एजेण्डाको आधारमा पार्टी सञ्चालन भए गुट स्वतः समाप्त हुने उनको दाबी छ ।

बीसी कांग्रेसलाई उनले बेस कांग्रेसका रुपमा अथ्र्याएका छन् । जगलाई आधार बनाएर पार्टी गतिविधि तल्लो तहमुखी हुनुपर्ने उनको भनाइ छ । ‘नेता र उम्मेदवार चुन्दा जगका सदस्यहरुको रायका आधारमा छानौं,’ आचार्यले भने ।

सीसी कांग्रेस अन्तर्गत क्लिन कांग्रेस । भ्रष्टचार मुक्त, सुशासनयुक्त कांग्रेस बनाउन भ्रष्टचार विरोधी अभियान सुरु गर्नुपर्ने उनको राय छ । आचार्य भन्छन्, ‘भ्रष्टचार विरोधी आन्दोलन पहिले पनि कांग्रेसले गरेको हो । अहिले पनि कांग्रेस नै अग्रसर हुनुपर्दछ ।’

कांग्रेस रुपान्तरणका लागि बैठकमा राखेको उनको चौथो प्रस्ताव डिसी अर्थाते डिजीटल कांग्रेस । डाटाको आधारमा काम गर्ने कांग्रेस बनाउन उनको नेतृत्वसँग आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?