+
+

कञ्चनपुरमा कारसहित साढे ९ लाख बराबरको अवैध सामान बरामद

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ४ गते १७:३३

४ साउन, धनगढी । कञ्चनपुरमा कारसहित अवैध रुपमा ल्याइरहेको साढे ९ लाख बराबरको सामान बरामद गरिएको छ ।

भिमदत्त नगरपालिका–४ बाट बिहीबार अवैध रुपमा भन्सार छली गरी ल्याइरहेको अवस्थामा विभिन्न मोवाईलका कभर, मोवाईल चार्जर केबल, स्टेसनरीका सामानसहित कारम बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीले कारमा बोकेर ल्याइरहेको अवस्थामा ९ लाख ४० हजार बराबरको सामान बरामद गरेर आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकी बुझाइएको जानकारी दिए ।

उनका अनुसार कार चालक समेतलाई भन्सार कार्यालयमा बुझाइएको हो तर चालकको परिचय भने खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?