+
+

सभापतिलाई गाली गरेर पार्टी रुपान्तरण हुँदैन : राजीव ढुंगाना

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ५ गते १२:४०

५ साउन, काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले सभापतिलाई गाली गरेर पार्टी रुपान्तरण नहुने बताएका छन् ।

केन्द्रीय समितिको जारी बैठकमा बोल्ने क्रममा ढुंगानाले भने, ‘पार्टी सभापतिलाई जति बढी गाली ग¥यो, त्यति बढी पार्टी रुपान्तरण हुने सोचका साथ एकथरी साथीहरु लाग्नुभएको छ । त्यो भ्रम बाहेक केही पनि होइन ।’

जनताले कांग्रेसमा रुपान्तरण कार्यक्रम र मुद्दामा खोजेको उनले बताए । पार्टी बैठकबाट जनताका लागि कांग्रेसले के निर्णय ग¥यो, नागरिकले हेरिहेको नेविसंघका पूर्व अध्यक्ष समेत रहेका ढुंगानाले बताए ।

तिनै तहका सरकारले प्रभावकारी काम गरे २०८४ को चुनाव देखेर अहिले डराउनुपर्ने अवस्था नरहेको उनले बताए । ‘कार्यकर्तामा आएको संशय यो केन्द्रीय समिति बैठकले चिर्नु पर्दैन र ? नयाँ पार्टी नयाँ नाराका साथ उदाएका हुन् त? के हाम्रो अर्कमष्र्यताका कारण हो? कि हाम्रो प्रवृत्ति पनि जिम्मेवार छ । गम्भिर रुपमा खोतल्नुपर्ने बेला आएको छ,’ ढुंगानाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?