+
+

हिन्दु राष्ट्रको एजेण्डा पार्टीको आधिकारिक प्रस्ताव बन्दैन : मीन विश्वकर्मा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ६ गते १६:५५

६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले हिन्दु राष्ट्रको एजेण्डा प्रतिवेदनमा समावेश नहुने स्पष्ट पारेका छन् ।

सोमबारदेखि सुरु हुने महासमिति बैठकको तयारी बारे जानकारीका लागि आयोजित पत्रकार सम्मेलनमा हिन्दु राष्ट्रको एजेण्डा प्रतिवेदनमा समावेश भएर नआउने दाबी गरे । महासमिति बैठकको एजेण्डा बन्ने भए केन्द्रीय समितिको पनि एजेण्डा भइसक्ने उनले बताए ।

‘सभापतिले छलफल गर्न चाहेको भए केन्द्रीय समितिमा प्रस्ताव आउने थियो । सभापतिले नचाहेकै कारणले आधिकारिक प्रस्ताव भएन,’ विश्वकर्माले भने ।

सभापतिले छलफल/बहस हुनसक्छ भनेकाले छलफलमा आए पनि पार्टीको आधिकारिक प्रतिवेदन नभएको उनले बताए ।

महासमिति बैठकमा हिन्दुराष्ट्रको एजेण्डा पनि छलफलमा राख्नका लागि २२ केन्द्रीय सदस्यले हस्ताक्षरसहित केन्द्रीय समिति बैठकमा माग गरेका थिए ।

हिन्दु राष्ट्र बनाउनुपर्ने मुद्दामा व्यक्ति विशेषले धारणा राख्न पाउने तर आधिकारीक एजेण्डा नहुने उनले बताए ।

‘हाम्रो पार्टी जातीय पार्टी होइन, क्षेत्रीय पार्टी होइन, धार्मिक, साम्प्रदायीक पार्टी होइन । राष्ट्रिय पार्टीमा यी सबै आकांक्षाहरु समेट्नुपर्ने हुन्छ,’ विश्वकर्माले भने, ‘केन्द्रीय समितिमा बोल्नु भएको छ । महासमिति बैठकमा पनि बोल्नुहुन्छ । बोल्न त पाउनु पर्‍यो नि । विचार व्यक्त हुनसक्छन । आधिकारिता पाउँदैनन् ।’

हिन्दु राष्ट्रको एजेण्डा पार्टी बैठकमा बनाउनका लागि नेताहरुले सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानमार्फत पार्टीलाई दबाब बढाएका छन् । केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा रहेको महाअभियानले शनिबार काठमाडौंमा घोषणा सभा नै गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?