+
+

कांग्रेसमा तीनवटै प्रतिवेदन पारित, निर्वाचन समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ४ गते १९:४९

४ फागुन, काठमाडौं । नेपाली कांग्रेसले संघीय संसद, संसदीय दल कार्यसमितिको निर्वाचन गराउन निर्वाचन समिति बनाएको छ ।

शुक्रबार बसेको कार्यसमिति बैठकले सह-महामन्त्री भीष्मराज आङ्दम्बेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको हो । समितिमा पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य छन् ।

बैठकले महासमितिमा पेश गर्ने तीनवटै प्रतिवेदन उपर प्राप्त सुझावलाई समावेश गरी परिमार्जनसहित पेश गर्ने गरी पास गरेको छ ।

साथै महासमिति सदस्य नरहेका प्रदेश सभापति, जिल्ला सभापति र भ्रातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरुलाई आमन्त्रित सदस्यका रुपमा सहभागी गराउने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?