+
+

डुरान्ड कप फुटबलमा त्रिभुवन आर्मीको पहिलो खेल दिल्ली एफसीसँग

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते १७:२०

७ साउन, काठमाडौं । आगामी अगष्ट ३ देखि सेप्टेम्बर ३ सम्म भारतमा हुने डुरान्ड कप फुटबलमा नेपाली क्लब त्रिभुवन आर्मी एफसीले पहिलो खेल दिल्ली एफसीसँग खेल्ने भएको छ ।

आयोजक डुरान्ड फुटबल टुर्नामेन्ट सोसाइटीले सावर्जनिक गरेको खेलतालिका अनुसार समूह ई मा रहेको आर्मीले आई लिग क्लब दिल्लीसँग अगष्ट ९ मा कोक्राझारस्थित एसएआई स्टेडियममा खेल्नेछ ।

एसियाकै सबैभन्दा पुरानो र प्रतिष्ठित क्लब फुटबल प्रतियोगिताको यो १३२औं संस्करण हो र नेपाली क्लबले पहिलो पटक खेल्न लागेको हो ।

आर्मीले दोस्रो खेल इन्डियन सुपर लिग (आईएसएल) क्लब चेन्नाइयीन एफसीसँग अगष्ट १४ मा गुहावटीस्थित इन्दिरा गान्धी स्टेडियममा खेल्नेछ ।

यस्तै आर्मी तेस्रो खेल आईएसएलकै अर्को क्लब हैदरवाद एफसी अगष्ट २२ मा इन्दिरा गान्धी स्टेडियममै खेल्नेछ ।

प्रतियोगितामा सहभागि २४ टोलीहरुलाई ६ समूहमा विभाजन गरेर खेलाइनेछ । प्रतियोगिताको साविक विजेता बेंगलुरु एफसी हो भने मोहन बगान र इस्ट बंगलालले सर्वाधिक १६-१६ पटक उपाधि जितेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?