+
+

१६ औं आवधिक योजनाबारे आईएमएफको चासो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ८ गते १३:२४

८ साउन, काठमाडौं । अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको १६ औं आवधिक योजनाबारे चासो राखेको छ । आईएमएफका मिसन चिफ टिडाइन किन्डा नेतृत्वको टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग भेट्दै यस्तो चासो राखेको हो ।

आईएमएफको नयाँ मिसन चिफको रुपमा आएका किन्डा नेतृत्वको टोलीले उपाध्यक्ष श्रेष्ठसँग सिंहदरबार स्थित आयोग कार्यालयमा भेटवार्ता गरेको छ ।

भेटमा आईएमएफले राष्ट्रिय योजना आयोगले तयार गर्ने १६ औं योजना तर्जुमाको विषयमा चासो राखेको आयोगले जनाएको छ ।

१६ औं योजनासँगै नेपालको आर्थिक विकास, सरकारका नीति तथा योजना पब्लिक इन्भेष्टमेन्ट म्यानेजमेन्ट एसेसमेन्ट (पीमा) सुझाव कार्यान्वयनको स्थिति, अल्पविकसित मुलुकको श्रेणीबाट स्तरोन्नति, पूँजीखर्चको अवस्था तथा नेपालको अर्थतन्त्रका तत्कालीन र दीर्घकालीन चुनौतीहरुका विषयमा समेत छलफल भएको थियो ।

आयोग उपाध्यक्ष श्रेष्ठले नेपाललाई गर्दै आएको सहयोगका लागि आईएमएफको टोलीलाई धन्यवाद दिएका थिए ।

जुलाई २० मा नेपाल आएको आईएमएफको मिन टोली २६ जुलाईसम्म नेपालमा रहने छ । भेटघाटमा आईएमएफका देशीय प्रतिनिधि टेरेसा डवानसान्चेज र आयोगका अधिकारीहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?