+
+

काठमाडौंका ठूला अस्पतालकै फार्मेसीमा म्याद गुज्रेका औषधि

मन्त्री बस्नेत भन्छन् : बेलुकासम्म सबै रिपोर्ट आएपछि कदम चाल्छौं

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ८ गते १४:३१
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

८ साउन, काठमाडौं । काठमाडौंका ठूला अस्पतालका औषधि पसलमा म्याद सकिएका र सरकारी निकायमा दर्ता नै नभएका औषधि बिक्री गरेको पाइएको छ ।

सोमबार स्वास्थ्य मन्त्रालय तथा औषधि व्यवस्था विभागका कर्मचारीको २० वटा टोली खटाएर काठमाडौं उपत्यकाभित्रका ठूला अस्पताल तथा फार्मेसीको अनुगमन भइरहेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसहितको टोलीले वीर अस्पताल, पाटन अस्पताल, अल्का अस्पताललगायत केही फार्मेसीको अनुगमन गरेको थियो ।

त्यस क्रममा औषधि व्यवस्था विभागमा दर्ता नभएका र म्याद सकिएका औषधि पनि पाइएको बस्नेतले बताए । ‘अनुगमनको क्रममा कतिपय फार्मेसीले डेट एक्स्पायर भएको, बेच्नै नपाइने औषधि समेत राखेको पाइएको छ । एक्स्पाएर औषधि पनि नछुट्याई गोलमाल गरेर र बिल पनि स्पष्ट हुने गरी राखिएको छैन’, मन्त्री बस्नेतले भने ।

मन्त्री बस्नेतले सोमबार देशभरका फार्मेसीको अनुगमन भइरहेको बताए । ‘उपत्यकाभित्र आजै अनुगमन सकिन्छ । बेलुकासम्म अनुगमन टोलीको गरेको रिपोर्ट प्राप्त हुन्छ’, मन्त्री बस्नेतले भने, ‘कानुनी प्रक्रियामा जानुपर्ने वा सचेत गर्नुपर्ने निर्णय रिपोर्टको आधारमा अगाडि बढाउछौं ।’

उपत्यकाबाहिर पनि विभागको टोलीले निरन्तर अनुगमन गरिरहेको छ । ‘अनुगमन तथा निरीक्षण गर्ने कुरा आज मात्रै होइन । निरन्तर चलिरहन्छ,’ मन्त्री बस्नेतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?