+
+

साफ यू-१९ च्याम्पियनसिप : नेपालको पहिलो खेल पाकिस्तानसँग

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ८ गते १५:५०

८ साउन, काठमाडौं । आगामी सेप्टेम्बर २१ देखि ३० सम्म काठमाडौंमा आयोजना हुने साफ यू-१९ च्याम्पियनसिपमा नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) सोमबार जारी गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल सेप्टेम्बर २१ मा पाकिस्तानसँग खेल्नेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

समूह ए मा नेपाल र पाकिस्तानसँगै माल्दिभ्स पनि छ । नेपालले माल्दिभ्ससँग सेप्टेम्बर २५ मा खेल्नेछ । यस्तै भारत, बंगलादेश र भुटान समूह बी मा छन् ।

दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल खेल सेप्टेम्बर २७ र र फाइनल खेल सेप्टेम्बर ३० मा हुनेछ । सबै खेल दशरथ रंगशालामै हुनेछ ।

साफ यू-१९ च्याम्पियनसिपको यो पाँचौ संस्करण हो । यसअघि नेपालले सुरुवाती दुई संस्करणको उपाधि जितेको थियो ।

यसअघि सन् २०१५ मा यू-१९ फर्म्याटमै भएको पहिलो संस्करण र २०१७ मा भुटानमा भएको यू-१८ फर्म्याटमा नेपाल च्याम्पियन बनेको थियो ।

नेपालमा तेस्रो पटक प्रतियोगिता आयोजना हुन लागेको हो । सन् २०१५ को पहिलो संस्करण र २०१९ मा यू-१८ फर्म्याटको तेस्रो संस्करण नेपालमा भएको थियो ।

गत वर्ष भने साफ यू-२० फर्म्याटमा भारतमा आयोजना भएको थियो । जहाँ आयुष घलानको कप्तानीमा खेलेको नेपाली टिम भारत र बंगलादेश भन्दा पछि रहँदै तेस्रो भएको थियो ।

गत वर्ष जस्तै यस पटक पनि यू-१९ राष्ट्रिय फुटबल टिम निर्माणका लागि एन्फाले खेलाडी छनोट कार्यक्रम गर्दैछ ।

तीन चरणमा हुने खेलाडी छनोट कार्यक्रम अन्तर्गत जिल्ला छनोट साउन १० देखि १६ गतेसम्म र प्रदेश छनोट साउन १९ देखि २३ गतेसम्म र अन्तिम चरणको छनोट कार्यक्रम साउन २६ देखि ३० गतेसम्म गरी प्रशिक्षण सञ्चालन गर्ने एन्फाले जनाएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?