+
+

मुग्लिन-नारायणगढ सडकखण्डमा बस र ट्रक ठोक्किंदा ११ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ९ गते ८:४४

९ साउन, चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा ट्रक र बस ठक्कर खाँदा ११ जना घाइते भएका छन् ।

आज बिहान साढे ७ बजेतिर भरतपुर महानगरपालिका-२९ चौधकिलो पुल नजिकै नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको रा१८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आँउदै गरेको ना६ख ४९४२ नम्बरको ट्रक ठोक्किएका हुन् ।

घाइतेहरुलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । घाइते सबैको अवस्था सामान्य रहेको पण्डितले बताए ।

बस चालकको खुट्टा च्यापिएको निकाल्न केही समस्या भएको पण्डितले जानकारी दिए ।

ठोक्किएका दुवै सवारी साधानलाई क्रेनको सहायताले सडक छेउमा राखेर सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?