+
+

पहिरोले लुम्बिनी प्रदेशका ठाउँठाउँमा सडक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ९ गते ९:३०
बुटवल-पाल्पा सडकको फाइल तस्वीर ।

९ साउन,बुटवल । वर्षाका कारण पहिरो खस्दा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सडक अवरुद्ध भएका छन् ।

पहिराले बुटवल-पाल्पा, गोरुसिंगे-सन्धिखर्क, राम्दी-रामपुर र भालुबाङ -प्युठान सडक अवरुद्ध भएका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी डीएसपी होमबहादुर थापाका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका ३ हेडबक्स र झुम्सा नजिकै पहिरो खस्दा बुटवल-पाल्पा सडक बिहानैदेखि दुई ठाउँमा अवरुद्ध छ ।

यस्तै रम्भा गाउँपालिका १ सांदीखोला नजिक पहिरो खस्दा राम्दी-रामपुर सडक अवरुद्ध भएको छ ।

अर्घाखाँचीको शीतगंगा-१२ बसेनी र सन्धिखर्कको डम्पिङसाइडमा पहिरो खस्दा गोरुसिंगे-सन्धिखर्क सडक दुई ठाउँमा अवरुद्ध भएको छ ।

यस्तै प्युठानको माण्डवी-गर्जेनीमा पहिरा खस्दा भालुबाङ -प्युठान सडक अवरुद्ध भएको डीएसपी होमबहादुर थापाले जानकारी दिए ।

भारी वर्षाका कारण पाल्पा हुँदै रुपन्देहीमा बग्ने तिनाउ नदीले जल सतहले खतराको तह पार गरेको छ । स्थानीयका अनुसार तिनाउ नदीमा धेरै वर्षपछि सबैभन्दा ठूलो बाढी आएको छ । सोही कारण मौसम विज्ञान विभागले मध्यान्ह १२ बजेसम्म तिनाउ नदी आसपासका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?