+
+

मेसीको २ गोलमा इन्टर मियामीको लगातार दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १० गते ९:२८

१० साउन, काठमाडौं । लिओनल मेसीले अमेरिकामा आफ्नो लय कायम राख्दै लगाता दोस्रो खेलमा गोल गरेका छन् ।

मेसी र रोबर्ट टेललरे दुई-दुई गोल गरेपछि लिग कप साउथ ३ समूहमा इन्टर मियामीले बुधबार बिहान एटलान्टा युनाइटेडलाई ४-० ले हरायो ।

डीआरऐ पिएनके स्टेडियममा भएको खेलमा मेसीले खेलको आठौं मिनेटमै गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा रोबर्ट टेलरको पासमा मेसीले व्यक्तिगत दोस्रो गोल गरी अग्रता दोब्बर पारे ।

४४औं मिनेटमा रोबर्ट टेरलले गोल गरेपछि पहिलो हाफमै इन्टर मियामीले ३-० को अग्तरा बनायो ।

५३औं मिनेटमा मेसीकै पासमा रोबर्ट टेलरले व्यक्तिगत दोस्रो गोल गरे ।

८४औं मिनेटमा क्रिस्टोफर म्याकभेले रातो कार्ड पाएपछि इन्टर मियामी दश खेलाडीमा समेटिएको थियो । भ्याकभेले विपक्षी खेलाडीलाई पेनाल्टी बक्समा लडाएपछि एटलान्टाले ८६औं मिनेटमा पेनाल्टी प्राप्त गरेपनि गोल गर्न सकेन ।

थियागो अलमाडाको पेनाल्टी प्रहार इन्टर मियामीका गोलकिपर ड्राक क्यालेन्डरले बचाए ।

यसअघि मेसीले डेब्यु खेलमै गोल गर्दा इन्टर मियामीले क्रुज अजुललाई २-१ ले पराजित गरेको थियो ।

लिग कपको साउथ तीन समूहमा लगातार दुई खेल जितेपछि इन्टर मियामी समूह विजेता बन्दै अन्तिम ३२ मा प्रवेश गरेको छ । जहाँ इन्टर मियामीले अब लिग कपको साउथ २ समूहको विजेतासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?